बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

टेस्लाका सीईओ मस्कले किने ट्वीटरको ९.२ प्रतिशत सेयर, सेयर मूल्यमा उछाल

सोमबार, चैत २१ २०७८
टेस्लाका सीईओ मस्कले किने ट्वीटरको ९.२ प्रतिशत सेयर, सेयर मूल्यमा उछाल

मस्कले ट्वीटरको ७ करोड ३५ लाख कित्ता सेयर २ अर्ब ९० करोड अमेरिकी डलरमा खरिद गरेको हुन्।

काठमाडौं- अमेरिकी कार उत्पादक कम्पनी टेस्लाका प्रमुख कार्याकारी अधिकृत एलन मस्कले ट्वीटरको सेयर खरिद गरेका छन्।

केही समयअघि नयाँ सामाजिक सञ्चालन ल्याउने बताएका मस्कले ट्वीटरकै सेयर किनेका हुन्। 

टेस्ला इंकका सीईओ मस्कले ट्वीटर इंकको ९.२ प्रतिशत सेयर स्वामित्व लिइसकेको रोयटर्सले लेखेको छ। मस्कले सेयर किनेसँगै ट्वीटरको प्रिमार्केट ट्रेडिङ २६ प्रतिशतभन्दा बढीले बढेको छ। 

मस्कले ट्वीटरको ७ करोड ३५ लाख कित्ता सेयर २ अर्ब ९० करोड अमेरिकी डलरमा खरिद गरेको हुन्। यो गएको शुक्रबारको कारोबार मूल्यका आधारमा हो। 

मस्कको ट्वीटर फलोअर्स ८ करोड छन् र उनले ट्वीटर खाता २००९ मा खोलेका थिए। 


प्रकाशित : सोमबार, चैत २१ २०७८११:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend