बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

चोभारको सुक्खा बन्दरगाह भोलि प्रधानमन्त्रीले उद्घाटन गर्ने

सोमबार, चैत २१ २०७८
चोभारको सुक्खा बन्दरगाह भोलि प्रधानमन्त्रीले उद्घाटन गर्ने

निर्माण सम्पन्न भएको बन्दरगाह लामो समयपछि उद्घाटन हुने भएको हो।

काठमाडौं- चोभारमा बनेको सुक्खा बन्दरगाह प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि मंगलबार उद्घाटन गर्ने भएका छन्।

निर्माण सम्पन्न भएको बन्दरगाह लामो समयपछि उद्घाटन हुने भएको हो।

मंगलबार दिउँसो २ बजेट ३० मिनेटमा प्रधानमन्त्री देउवाले बन्दरगाह उद्घाटन गर्ने तय भएको नेपाल इन्टरमोडल यातायात समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बिजनेस न्युजलाई जानकारी दिए। 

चोभार बन्दरगाहमा सञ्चालन भएदेखि नै डिजिटल भुक्तानीबाट कारोबार हुनेछ। बन्दगाहका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको इन्टरमोडल यातायात समितिले भौतिक संरचना निर्माण गरेको हो। संरचना निर्माणको काम सकिइसकेको छ। 

२०७५ साल माघ ३ गते शीलान्याश गरी बन्दरगाहको संरचना निर्माणका काम सुरु भएको थियो। बन्दरगाह निर्माणको लागि १ अर्ब ६० करोड रुपैयाँमा ठेक्का भएको थियो। उक्त रकममा केही थप रकम खर्च भएको छ।

निर्माणको जिम्मा आशिष र साक्षी जोइन्ट भेन्चरले पाएको थियो। २२० रोपनी जग्गामा फैलिएको उक्त बन्दरगाहमा ३ वटा मुख्य गेट, भन्सार, क्यारेन्टिन र प्रशासनिक गरी ३ वटा भवन, ३ वटा गोदाम, ३ वटा सवारी साधनको चेकजाँच गर्ने संरचना निर्माण भएको छ।


प्रकाशित : सोमबार, चैत २१ २०७८११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend