सोमबार, साउन ११ गते २०८३    
सोमबार, साउन ११ २०८३

दुई विकास बैंक र एक फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन ११ २०८३
दुई विकास बैंक र एक फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

कारबाहीका क्रममा नारायणी डेभलपमेन्ट बैंकले समस्याग्रस्त संस्थाको सूचीबाट हट्दा तोकिएका सर्तहरूको उल्लंघन गरेको पाइएको छ। एउटै ग्राहक, फर्म वा समूहलाई प्राथमिक पुँजीको बढीमा १० प्रतिशतसम्म मात्र कर्जा सीमा कायम गर्नुपर्ने व्यवस्था आर्थिक वर्ष २०८१/८२ मा उल्लंघन गरिएकाले बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत विष्णु रेग्मीलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम यस्ता कैफियत दोहोरिन नदिन सचेत गराइएको छ।

काठमाडौं- नियम मिचेर काम गरेको पाइएपछि नेपाल राष्ट्र बैंकले दुई वटा विकास बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ। 

राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र रिलायन्स फाइनान्समाथि कारबाही प्रक्रिया अगाडि बढाएको हो।

कारबाहीका क्रममा नारायणी डेभलपमेन्ट बैंकले समस्याग्रस्त संस्थाको सूचीबाट हट्दा तोकिएका सर्तहरूको उल्लंघन गरेको पाइएको छ। एउटै ग्राहक, फर्म वा समूहलाई प्राथमिक पुँजीको बढीमा १० प्रतिशतसम्म मात्र कर्जा सीमा कायम गर्नुपर्ने व्यवस्था आर्थिक वर्ष २०८१/८२ मा उल्लंघन गरिएकाले बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत विष्णु रेग्मीलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम यस्ता कैफियत दोहोरिन नदिन सचेत गराइएको छ।

त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको २०८२ असोज मसान्तको वित्तीय विवरणका आधारमा गरिएको स्थलगत निरीक्षणका क्रममा भल्टको नगद अपचलन भएको र ग्राहकको खातामा कर्मचारीको अनधिकृत पहुँच पुगेको भेटिएको थियो। आन्तरिक नियन्त्रण प्रणालीमा गम्भीर कमजोरी देखिनुका साथै घटनाको विस्तृत छानबिन गरी दोषीमाथि कारबाही नगरेको र आवश्यक नीति-कार्यविधि संशोधन गरी पर्याप्त सुधार नगरेकाले बैंकलाई नेपाल राष्ट्र बैंक ऐन अनुसार सचेत गराइएको छ।

यसैगरी, रिलायन्स फाइनान्सले २०८२ फागुन १० गतेदेखि २०८३ बैशाख ५ गतेसम्मको अवधिमा अनिवार्य मौज्दात रकम कायम नगरेकाले राष्ट्र बैंकले विद्यमान व्यवस्था अनुसार संस्थालाई २ हजार ९२४ रुपैयाँ ४८ पैसा जरिबाना गराएको छ।

प्रकाशित : सोमबार, साउन ११ २०८३१३:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend