काठमाडौं- रिज लाइन इनर्जी लिमिटेडले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) को स्वामित्वमा रहेको सेयरको लक-इन अवधि सकिन लागेको छ। कम्पनीले भदौ १३ गतेदेखि उक्त सेयरको लक-इन अवधि सकिने जनाएको हो।
नेपाल धितोपत्र बोर्डको निर्देशनबमोजिम सार्वजनिक निष्कासनका क्रममा सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको सेयर बाँडफाँट भएको मितिले ६ महिनासम्म बिक्री गर्न नमिल्ने गरी लक-इनमा राख्नुपर्ने व्यवस्था छ।
सोहीबमोजिम २०८२ फागुन १४ गते बाँडफाँट भएको सामूहिक लगानी कोषको स्वामित्वमा रहेको कुल ७१ हजार १ सय कित्ता साधारण सेयर आगामी भदौ १३ गतेसम्म लक-इन अवधिमा रहने र सोपश्चात् कारोबारका लागि खुला हुने कम्पनीले जनाएको छ।
९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी रिज लाइन इनर्जीको कुल जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रूपैयाँ रहेको छ।
कम्पनीले जारी पुँजीको २२ प्रतिशत अर्थात् २६ लाख ७ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो। जसमध्ये सर्वसाधारण समूह १४ लाख २२ हजार कित्ताको ५ प्रतिशतले हुन आउने उक्त सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरेको थियो।
लगानीकर्ताले भदौ १३ गतेपछि म्युचुअल फण्डहरूले उक्त सेयर नियमानुसार बिक्री वा हस्तान्तरण गर्न सक्नेछन्।