काठमाडौं- नेपाली बजारमा सुनको मूल्य लगातारजसो बढिरहेको छ। यो साता आइतबार तोलामा १६ सय रूपैयाँले वृद्धि भएको सुनको मूल्य सोमबार पनि उकालोतिरै लागेको छ।
सोमबार सुन तोलामा एक हजार चारसय रूपैयाँले बढेर प्रतितोला २ लाख ८८ हजार ५ सय रूपैयाँ पुगेको छ।
यो साता आइतबार सुन प्रतितोला २ लाख ८७ हजार एकसय रूपैयाँमा कारोबार भएको थियो। गतशुक्रबार भने प्रतितोला ५ हजार ८ सय रूपैयाँले घटेर सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ५ सय रूपैयाँ कायम भएको थियो।
चाँदीको मूल्य पनि सोमबार प्रतितोला ३५ रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आजका लागि चाँदीको मूल्य प्रतितोला ४ हजार ४४५ रूपैयाँ तोकिएको छ।
आइतबार चाँदी प्रतितोला ४ हजार ४१० रूपैयाँमा कारोबार भएको थियो।