आइतबार, साउन १० गते २०८३    
आइतबार, साउन १० २०८३

पहिरोका कारण कोदारी राजमार्ग १० दिनदेखि अवरुद्ध, स्थानीय आक्रोशित

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन १० २०८३
पहिरोका कारण कोदारी राजमार्ग १० दिनदेखि अवरुद्ध, स्थानीय आक्रोशित

नेपाललाई तिब्बतसँग जोड्ने महत्त्वपूर्ण र ऐतिहासिक अन्तर्राष्ट्रिय सडक मार्गका रूपमा कोदारी राजमार्गलाई चिनिन्छ। यसले राजधानी काठमाडौंलाई सिन्धुपाल्चोकको सीमावर्ती गाउँ कोदारी र प्रसिद्ध तातोपानी नाकासँग जोड्दछ।

काठमाडौं- पहिरोका कारण सिन्धुपाल्चोकको कोदारी राजमार्ग विगत १० दिनदेखि पूर्णरूपमा अवरुद्ध भएको छ। राजमार्ग ठप्प हुँदा आवतजावतमा समस्या हुनुका साथै स्थानीय जनजीवन प्रभावित बनेको छ।

अवरुद्ध राजमार्गको वस्तुस्थितिबारे जानकारी लिन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले स्थलगत अनुगमन गरेका छन्। सो क्रममा उनीहरूले सडक सञ्चालनका लागि भइरहेका प्रयास र पहिरोको क्षतिका बारेमा जानकारी लिएका थिए।

राजमार्ग अवरुद्ध भएको लामो समय बितिसक्दा पनि सडक खुलाउन प्रभावकारी पहल नभएको भन्दै स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरेका छन्। १० दिनसम्म पनि यातायात सुरु हुन नसक्दा दैनिक जनजीवन कष्टकर बनेको भन्दै उनीहरूले यथाशीघ्र सडक खुलाउन माग गरेका छन्।

नेपाललाई तिब्बतसँग जोड्ने महत्त्वपूर्ण र ऐतिहासिक अन्तर्राष्ट्रिय सडक मार्गका रूपमा कोदारी राजमार्गलाई चिनिन्छ। यसले राजधानी काठमाडौंलाई सिन्धुपाल्चोकको सीमावर्ती गाउँ कोदारी र प्रसिद्ध तातोपानी नाकासँग जोड्दछ। कोदारी राजमार्गमा सडक स्तरोन्नतिको काम पनि भइरहेको छ।

यो नेपाल र चीनबीचको व्यापारिक नाका तातोपानीसम्म पुग्ने प्रमुख पहुँचमार्ग पनि हो। काठमाडौंबाट कोदारीको कुल दुरी १४४ किलोमिटर छ, जसमध्ये बाह्रबिसेदेखि सीमा क्षेत्र लिपिङसम्मको खण्डलाई मुख्यरूपमा कोदारी सडकखण्ड मानिन्छ।

kodari.jpg
kodari rajmarga.jpg


प्रकाशित : आइतबार, साउन १० २०८३१६:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend