आइतबार, साउन १० गते २०८३    
आइतबार, साउन १० २०८३

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध पीडितहरूको ‘राजधानी मार्च’

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन १० २०८३
लघुवित्त तथा वित्तीय शोषणविरुद्ध पीडितहरूको ‘राजधानी मार्च’

किसान तथा मजदूरहरूको समेत सहभागिता रहेको उक्त विरोध कार्यक्रममार्फत पीडितहरूले राज्यको ध्यानकर्षण गराउन खोजेका छन्।

काठमाडौं- लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आन्दोलनरत पक्षले आइतबार राजधानीमा विरोध प्रदर्शन गरेका छन्।

किसान मजदूर आन्दोलन नेपालको आयोजनामा पीडितहरूले काठमाडौंका विभिन्न क्षेत्रमा ‘राजधानी मार्च’ गरेका हुन्।

लघुवित्त संस्थाहरूबाट मारमा परेका सर्वसाधारणले आफ्नो हकहित र न्यायको माग गर्दै विगत लामो समयदेखि संघर्ष जारी राखेका छन्। सोही संघर्षको निरन्तरता स्वरूप काठमाडौंको सडकमा उत्रिएका प्रदर्शनकारीहरूले वित्तीय शोषण बन्द गर्नुपर्ने माग राख्दै दबाब दिएका छन्।

किसान तथा मजदूरहरूको समेत सहभागिता रहेको उक्त विरोध कार्यक्रममार्फत पीडितहरूले राज्यको ध्यानकर्षण गराउन खोजेका छन्।

laghubitta pidit (1).jpg
laghubitta pidit (2).jpg
laghubitta pidit (5).jpg


प्रकाशित : आइतबार, साउन १० २०८३१६:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend