शनिबार, साउन ९ गते २०८३    
शनिबार, साउन ९ २०८३

सिटिजन्स बैंकका ग्राहकलाई नियो भर्सका इलेक्ट्रोनिक सामानमा १५ प्रतिशतसम्म छुट

शनिबार, साउन ९ २०८३
सिटिजन्स बैंकका ग्राहकलाई नियो भर्सका इलेक्ट्रोनिक सामानमा १५ प्रतिशतसम्म छुट

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने बैंकको विश्वास छ।

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकलाई ललितपुरको झम्सिखेलस्थित नियो भर्स प्रालि (नेओटेरिक नेपाल) का सामानहरुमा विशेष छुट मिल्ने भएको छ। बैंक र नियो भर्सबीच ग्राहकलाई छुट दिनेगरी सम्झौता भएको हो।

समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले नियो भर्सका विभिन्न इलेक्ट्रोनिक सामानहरूमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने बैंकको विश्वास छ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ।

सिटिजन्स बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटीएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ४८ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।


प्रकाशित : शनिबार, साउन ९ २०८३१६:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend