काठमाडौं- सिँचाइमा प्रयोग हुने विद्युत् महसुलको अनुदान नरोकिएको अर्थ मन्त्रालयले स्पष्टीकरण दिएको छ।
अनुदान रोकिएको समाचार आएको भन्दै अर्थमन्त्रीको सचिवालयले विज्ञप्ति जारी गर्दै नरोकिएको उल्लेख गरेको छ।
२०८२ साल असोज ५ गते तत्कालीन चुनावी सरकारले खर्च कटौती गर्ने निर्णय गरेको थियो। सोही निर्णयपछि अर्थ मन्त्रालयले गरेको पत्राचार सञ्चारमाध्यमका समाचारमा उल्लेख भएको तर अहिले उक्त निर्णय सक्रिय नरहेको बताएको छ।
‘हाल यो निर्णय सक्रिय नरहेको स्पष्ट पार्न चाहन्छौँ, नेपाल सरकारको बजेट कार्यान्वयन मार्गदर्शन २०८३ सार्वजनिक भइसकेको हुनाले त्यसमा यस्तो विषय नभएको जानकारी गराइन्छ,’ अर्थमन्त्रीको सचिवालयले भनेको छ।