बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

एक महिनामै आए ४२ हजार विदेशी पर्यटक, भारतबाट १५ हजार आउँदा चीनबाट ४३१ मात्रै

सोमबार, चैत २१ २०७८
एक महिनामै आए ४२ हजार विदेशी पर्यटक, भारतबाट १५ हजार आउँदा चीनबाट ४३१ मात्रै

क महिनामा ४२ हजार ६ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। जुन गत वर्ष सोही समयमा १४ हजार ९ सय ७७ पर्यटक मात्रै भित्रिएका थिए।

काठमाडौं- एक महिनामा ४२ हजार ६ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। जुन गत वर्ष सोही समयमा १४ हजार ९ सय ७७ पर्यटक मात्रै भित्रिएका थिए।

मार्च महिनामा गत वर्षको तुलनामा १८०.४७ प्रतिशतले पर्यटक आगमन बढेको हो। सोही अवधीमा सन् २०२० मा भने ४२ हजार ७ सय ७६ पर्यटक नेपाल भित्रिएका थिए। सन् २०१९ मा १ लाख २७ हजार ३ सय ५१ पर्यटक नेपाल भित्रिएका थिए।

कोरोनापछि विदेशी पर्यटक आउने क्रममा सुस्तता आए पनि मार्च महिनामा विदेशी पर्यटक आउने क्रम बढेको छ।

मार्चमा सबैभन्दा धेरै भारतीय पर्यटक १५ हजार १३ जना नेपाल भ्रमणमा आएका छन्।

त्यस्तै नेपाल भ्रमणमा आउने दोस्रो धेरैमा अमेरिकन रहेका छन्। अमेरिकाबाट ४ हजार ८ सय ९६ जना नेपाल भ्रमणमा आएका छन्। विगतमा धेरै पर्यटक आउने चीनबाट भने ४ सय ३१ पर्यटकमात्रै नेपाल भ्रमणमा आएका छन्। 

 


प्रकाशित : सोमबार, चैत २१ २०७८०७:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend