बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

निगम व्यवस्थापनको लापरबाहीका कारण ४ दिनदेखि एयरबस ३२० थाइल्याण्डमा ग्राउन्डेड

सोमबार, चैत २१ २०७८
निगम व्यवस्थापनको लापरबाहीका कारण ४ दिनदेखि एयरबस ३२० थाइल्याण्डमा ग्राउन्डेड

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) व्यवस्थापनको लापरबाहीका कारण एउटा जहाज चार दिनदेखि थाइल्याण्डमा ग्राउन्डेड भएको छ।

काठमाडौं- नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) व्यवस्थापनको लापरबाहीका कारण एउटा जहाज चार दिनदेखि थाइल्याण्डमा ग्राउन्डेड भएको छ।

शुक्रबार थाइल्याण्डबाट नेपाल उडानको क्रममा रनवेमा टायर पड्किएपछि ग्राउन्डेड भएको जहाज चार दिनसम्म पनि नेपाल ल्याउन सकेका छैनन्।

निगमका नाइन एन एकेडब्लु ‘सगरमाथ’ एयरबस ३२० जहाज टेकअफको क्रममा टायर पड्किएको थियो। व्यवस्थापनले काम गर्न सकेको भए जहाज सोही दिन नेपाल आउन सक्थ्यो। तर व्यवस्थापनको लापरबाहीका कारण जहाज थाइल्याण्डकै रोकिएको छ।

शनिबार कतारबाट पठाइएको टायरसमेत भन्सार पास गरेर निगम व्यवस्थापनले निकाल्न सकेका छैनन्। जसका कारण जहाज थाइल्यान्डमै रोकिएको हो।

जहाज रोकिएसँगै शुक्रबारदेखि रोकिएका यात्रु नेपाल आउन सकेका छैनन्। यात्रु अलपत्र परेसँगै निगमले आज वाइडबडी जहाज पठाउने भएको छ। केही यात्रु अझै पनि उतै रोकिने निगमको भनाइ छ।


प्रकाशित : सोमबार, चैत २१ २०७८०६:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend