बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सोमबार पनि घट्यो सुनको मूल्य 

सोमबार, चैत २१ २०७८
सोमबार पनि घट्यो सुनको मूल्य 

सोमबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ५० रुपैयाँ कायम भएको छ।

काठमाडौं- सुनको मूल्य सोमबार पनि घटेको छ। आइतबार ४ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार पनि ६ सय रुपैयाँ घटेको हो। आइतबार ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबारका लागि ९८ हजार ७ सय रुपैयाँ कायम भएको छ। 

चाँदीको मूूल्य पनि प्रतितोला १० रुपैयाँ घटेको छ। सोमबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ५० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। 


प्रकाशित : सोमबार, चैत २१ २०७८०५:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend