आइतबार, असोज ६ गते २०८१    
images
images

एफवान सफ्टको चिफ इनोभेसन अफिसरमा पौडेल नियुक्त

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत २१ २०७८
images
images
एफवान सफ्टको चिफ इनोभेसन अफिसरमा पौडेल नियुक्त

सफ्टवयरको क्षेत्रमा नेपालकै अग्रणी कम्पनी एफवान सफ्ट इन्टरनेशनलको चिफ इनोभेसन अफिसरमा सनत कुमार पौडेल नियुक्त भएका छन्।

images
images

काठमाडौं- सफ्टवयरको क्षेत्रमा नेपालकै अग्रणी कम्पनी एफवान सफ्ट इन्टरनेशनलको चिफ इनोभेसन अफिसरमा सनत कुमार पौडेल नियुक्त भएका छन्।

images
images
images

१६ वर्ष भन्दा लामो बैंकिङ्ग क्षेत्रको अनुभव भएका पौडेल एफवान सफ्ट इन्टरनेशनलमा आबद्ध भएका हुन। पौडेलसँग नविल बैंकमा १३ वर्षसम्मको डिजिटलाइजेशन हेड,कार्ड एण्ड अल्टरनेट च्यानल हेडका रुपमा काम गरेको अनुभव छ।

नविल बैंकमै उनले टेक्नोलोजी एण्ड डिजिटल बिजनेसका रुपमा समेत काम गर्नुभएको थियो। यसअघि पौडेल नेपाल बैंक लिमिटेडको कोर बैंकिङ्गको टेक्नोलोजी पार्टमा समेत आबद्ध भएका थिए। यस्तै उनीसँग अन्य क्षेत्रमा पनि लामो समय सफ्टवेयर डेभलपमेन्टका रुपमा काम गरेको अनुभव छ । 

एफवान सफ्टमा पौडेलको आवद्धतासँगै एफवान सफ्टले विश्वमा विकास भएका नविनतम प्रविधिलाई नेपाली माटो सुहाँउँदो बनाउनुका साथै नेपालमा पनि आम मानिसको दैनिक जनजिवन सहज बनाउने खालका सफ्टवेयरको निर्माण, विकास तथा डिजिटल भुक्तानीका क्षेत्रमा अझ नयाँ प्रविधिको विकासमा महत्वपूर्ण योगदान रहने अपेक्षा गरिएको छ। 

images

सफट्वेयरको क्षेत्रमा ख्यातिकमाएको एफवान सफ्ट कम्पनी नेपालका ठुला आईटी कम्पनी मध्येको एक हो। सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ। एफवान सफ्ट गु्रप अन्तरगत हाल १३ वटा कम्पनी सञ्चालनमा रहेका छन् । 

 


प्रकाशित : सोमबार, चैत २१ २०७८०५:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend