बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

देउवा भारतबाट फर्कंदा काठमाडौं विमानस्थल २५ मिनेट बन्द हुने

आइतबार, चैत २० २०७८
देउवा भारतबाट फर्कंदा काठमाडौं विमानस्थल २५ मिनेट बन्द हुने

विमानस्थल कार्यालयका अनुसार ६ बजेदेखि ६ बजेर २५ मिनेट जाँदासम्म विमानस्थल बन्द हुने छ।

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २५ मिनेट कुनै पनि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवतरण नहुने भएको छ।

शुक्रबार भारत भम्रणमा गएका प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार नेपाल फर्कंदै गर्दा विमानस्थलका सबै उडान बन्द हुने भएको हो।

देउवा नेपाल एयरलाइन्सको जहाजमार्फत आउँदै छन्। भीभीआईपी उडान समयमा नोटाम जारी गरिएको विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थल कार्यालयका अनुसार ६ बजेदेखि ६ बजेर २५ मिनेट जाँदासम्म विमानस्थल बन्द हुने छ।

प्रकाशित : आइतबार, चैत २० २०७८११:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend