आइतबार, असोज ६ गते २०८१    
images
images

सुनसरी-मोरङ औद्योगिक करिडोरका उद्योगमा अझै १४ घण्टा लोडसेडिङ

images
आइतबार, चैत २० २०७८
images
images
सुनसरी-मोरङ औद्योगिक करिडोरका उद्योगमा अझै १४ घण्टा लोडसेडिङ

सरकार तथा विद्युत प्राधिकरण आफैले ग्यासको खपत कम गरौँ खाना पकाउने विद्युतीय चुलो प्रयोग गरौ भन्दै प्रचार गर्ने तर उद्योगमा अप्रत्यासित रुपमा लोडसेडिङ गर्नु गलत भएको व्यवसायी बताउँछन्।

images
images

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले देशैभरका उद्योगहरूमा अघोषित रुपमा लोडसेडिङ गरेको भन्दै उद्योग चलाउन समस्या भएको उद्योगीहरूले बताएका छन्। 

images
images
images

उद्योगीहरूले प्राधिकरणले कुनै जानकारी नदिइ अघोषित रुपमा लोडसेडिङ गरेको कारण उद्योगहरू थप समस्यामा परेको बताएका छन्।

इटहरी र विराटनगरमा सञ्चालित अधिकांश उद्योगमा विगत एक हप्ता अगाडिदेखि १२ देखि १४ घण्टा लोडसेडिङ हुँदै आएको त्यहाँका उद्योगीहरूले बताएका छन्। प्राधिकरणले उद्योगहरूमा लोडसेडिङ नगर्ने बताएता पनि एक साता देखि बेलुका ६ बजे देखि १४ घण्टा उद्योगको विद्युत कटौती हुने गरेको बताएका छन्।

प्राधिकरणले एक साता अगाडि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गत मंगलबारबाट नियमित रुपमा उद्योगहरूमा चाहेको जति विद्युत उपलब्ध गराएर लोडसेडिङ हुन नदिने प्रतिवद्धता जनाए पनि व्यवहारमा कार्यान्वयन नभएको उद्योगीहरूको गुनासो रहेको छ।

images

सरकार तथा विद्युत प्राधिकरण आफैले ग्यासको खपत कम गरौँ खाना पकाउने विद्युतीय चुलो प्रयोग गरौ भन्दै प्रचार गर्ने तर उद्योगमा अप्रत्यासित रुपमा लोडसेडिङ गर्नु गलत भएको रिलायन्स स्पिनिङ मिल्सका सञ्चालक शशिकान्त अग्रवालले बताए। उनले सरकार र प्राधिरकण बाहिर एउटा प्रचार गर्ने भित्र उद्योगमा विद्युत कटौती गर्नु उद्योगको लागि राम्रो नभएको बताए।

सरकारले उद्योगहरूमा तत्काल विद्युत उपलब्ध गराउनु पर्ने सञ्चालक अग्रवालको भनाइ छ। अग्रवालले प्राधिकरणले तत्काल रुस र युक्रेनको युद्धको कारण भारतका विद्युत आपूर्तिमा समस्या हुँदासम्म मात्रै भए उद्योगीले धान्न सक्ने तर लामो समयको लागि लोडसेडिङ भए उद्योगीले धान्न नसक्ने जिकिर गरे।

‘हिजोसम्म हामीलाई थाहा भएकै कुरा हो। सरकारले खाना पकाउन ग्यास प्रयोग नगरौँ। खाना पकाउन विद्युतीय चुलो प्रयोग गरौं भनेर व्यापक रुपमा विद्युत प्राधिकरणले प्रचारप्रसार गरेको थियो। अत्यासित रुपमा उद्योगमा लोडसेडिङ भएको छ। अहिले वर्षा सुरु हुनु भन्दा पहिले र जाडो पछि खपत बढ्ने तर नदिनमा पानी कम हुने हुन्छ', उनले भने 'यही समयमा नेपालमा विद्युत खपत बढ्ने हुन्छ। तर यहिबीचमा रुस र युक्रेनबीच युद्ध भएको कारण भारतमा कोल आयात भएको छैन। भारतबाट विद्युत आयात गरिरहेका छौँ। अहिले अप्रत्याशित विद्युत अभाव भएको छ। सरकारले उद्योगलाई कसरी विद्युत दिने भन्ने कुरामा योजना बनाउनु पर्छ। छोटो समयको लागि उद्योग चलाउन सकिन्छ। तर लामो समय लोडसेडिङ भयो भने समस्या हुन्छ।’

त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सका व्यवस्थापक महेशकुमार पोखरेलले स्पिनिङ उद्योगमा एक साता देखि निरन्तर रुपमा विद्युत आपूर्ति कटौती भएको बताए। उनले प्राधिकरणले कुनै जानकारी विना एक हप्तादेखि वेलुका ६ बजेपछि १४ घण्टा उद्योगमा लोडसेडिङ हुने गरेको बताए।

उद्योगमा लामो समय देखि विद्युत आपूर्तिमा पटक-पटक न्यन पावर ट्रिपिङ तथा विद्युतको भोल्टजका कारण उत्पादनमा समस्या आउने गरेको भन्दै पोखरेलले १४ घण्टा लोसेडिङ हुँदा उद्योग सञ्चालनमा थप समस्या पैदा भएको गुनासो गरे।

उनले सम्बन्धित निकायमा लोडसेडिङ तथा न्यन पावर भोल्टेजको समस्या राख्दा अहिलेसम्म पनि सुनुवाई नभएको उल्लेख गरे।

व्यवस्थापक पोखरेलले ४ हजार कर्मचारी भएको उद्योग २४ घण्टा चलाउनु पर्ने भए पनि १४ घण्टा लोडसेडिङ हुँदा लागत बढ्दै गएको बताए। उनले उद्योगमा बस्ने कर्मचारीको लागि छुटै लाइनबाट विद्युत दिएकोमा त्यो विद्युत समेत कटौती गरिएको दाबी गरे। उद्योगमा विगतमा जडान गरिएका जेनेरेटर तथा डिजेलको व्यवस्थापन लोडसेडिङ अन्त्यपछि त्यतिकै भएकाले तत्काल सञ्चालनमा ल्याउन नसक्ने अवस्थामा रहेको जानकारी दिए।

त्यस्तै, विराटनगरमा सञ्चालित शिवम् प्लाष्टिक उद्योगका सञ्चालक निखिल अग्रवालले बैंकको व्याज, ढुवानीको लागत बढ्दै गएको अवस्थामा प्राधिकरणले उद्योगहरूमा १४ घण्टासम्म लोडसेडिङ गर्नु गलत भएको बताएका छन्। 

उनले १४ घण्टा उद्योगहरूले लोडसेडिङ भोग्नु पर्दा उद्योग नै बन्द गर्नू पर्ने अवस्था आउने बताए। उद्योग १२ देखि १४ घण्टासम्म डिजेलमा चलाउन सकिने अवस्था नभएको भन्दै सरकारले तत्काल उद्योगलाई विद्युत सहज रुपमा आपूर्तिको व्यवस्था गर्नु पर्ने सञ्चालक अग्रवालको भनाइ छ।

उनले विद्युत प्राधिरकण आफै उद्योगीलाई ठूला ठूला उद्योग ल्याउनुस् जति पनि विद्युत दिन तयार छौँ भन्ने तर प्राधिकरण आफै १२ देखि १४ घण्टा लोडसेडिङ गर्ने कुरा व्यवहारिक नभएको बताए। सञ्चालक अग्रवालले उद्योगमा विद्युत अभावको कारण ५० प्रतिशत कच्चा पदार्थ कटैती गरेर उत्पादन भइरहेको बताए। ५० प्रतिशत मात्रै उत्पादन गरेर उद्योग चल्न नसक्ने अग्रवालको भनाइ छ।

अहिले देशैभरका उद्योगीहरूले उद्योगमा पूर्व जानकारी विना १४ घण्टा लोडसेडिङ भएको भन्दै विरोध जनाइ रहेका छन्। उद्योगीहरूले ठूला उद्योगलाई नियमित बिजुली उपलब्ध गराउन नसके प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्नुपर्ने मागसमेत गरिसकेका छन्। तर प्राधिकरणले कुनै पनि प्रतिक्रिया दिएको छैन।

करिब साढे ३ सय मेगावाट बिजुली अभाव हुन थालेपछि प्राधिकरणले ठूला उद्योगहरूमा रातिमा बिजुली काट्न थालेको बताएको छ। पछिल्लो एक सातायता प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ गर्न थालेपछि उद्योगीहरूले प्राधिरकणको चर्को आलोचना गरिरहेका छन्।

विद्युतमा देखिएको ट्रिपिङ, न्यून भोल्टेजलगायत समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने, एकाएक विद्युत् आपूर्ति बन्द हुँदा करोडौं रुपैयाँ पर्ने मेसिनमा क्षति पुग्ने, उद्योग सञ्चालन नहुँदा कामदार र कर्मचारीको तलब, ज्याला बढ्नेलगायतका समस्या देखिएको उद्योगीहरूको गुनासो रहेको छ।  विद्युत् आपूर्ति नियमित हुन नसक्दा सुनसरी-मोरङलगायत औद्योगिक करिडोरका उद्योग सञ्चालनमा समस्या आएको छ। प्राधिकरणले जुनसुकै मूल्यमा पनि विद्युत् खरिद गरी औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने भनी विद्युत् प्राधिकरणले प्रतिबद्धता जनाएको थियो। तर अघोषित रूपमा बिजुली कटौती गरिरहेको उद्योगी व्यवसायीहरले बताएका छन्।


प्रकाशित : आइतबार, चैत २० २०७८१०:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend