बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

१५ प्रतिशतसम्म बढ्यो सार्वजनिक सवारी भाडा

आइतबार, चैत २० २०७८
१५ प्रतिशतसम्म बढ्यो सार्वजनिक सवारी भाडा

आइतबारदेखि नै लागु हुने गरि यात्रुबाहक सवारीमा १० प्रतिशत भाडा बढाइएको छ।

काठमाडौं- सरकारले सार्वजनिक सवारीको भाडा वृद्धि गरेको छ। आज आइतबारदेखि नै लागु हुनेगरि यात्रुबाहक सवारीमा १० प्रतिशत भाडा बढाइएको छ।

त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा १३ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा १५ प्रतिशतले बढाइएको हो।

इन्धनको मूल्यमा लगातार भएको मूल्य वृद्धि कारण यातायात व्यावासयीले सार्वजनिक सवारीको भाडा बढाउन दबाब दिँदै आएका थिए। यातायात व्यवस्था विभागको प्रस्तावमा चैत १७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले भाडा बढाउने सैद्धान्तिक स्वीकृति दिएकी थिइन। 

त्यही अनुसार विभागले आइतबार अन्तर प्रदेश सार्वजनिक यातायात तथा यात्रुबाहक सवारी तथा मालबाहक सवारी साधनको भाडा समायोजन भएको सूचना प्रकाशित गरेको हो। 

यस्तो छ समायोजनपछिको भाडा


प्रकाशित : आइतबार, चैत २० २०७८१०:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend