बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

लन्डनमा एनआरएनए तेश्रो विश्व स्वास्थ्य सम्मेलन सुरु

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज ३ २०७८
images
images
लन्डनमा एनआरएनए तेश्रो विश्व  स्वास्थ्य सम्मेलन सुरु

एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाले यो सम्मेलन नेपाल बाहिर आयोजना  गरिएको  स्वास्थ्य सम्बन्धी सबैभन्दा ठूलो फोरम भएको बताए।

images
images

काठमाडौं- शनिबार देखि लन्डन स्थित नेपाली दूतावासमा तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनको औपचारिक शुरुवात गरिएको छ। बेलायतका लागि नेपाली राजदूत लोक दर्शन रेग्मी तथा स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले नेपालबाट  संयुक्तरुपमा  उद्घाटन गरेका छन्। 

images
images

कार्यक्रमलाई सम्बोधन गर्दै राज्य मन्त्री श्रेष्ठले कोरोना महामारीको शुरु देखि नै नेपाल र नेपालीलाई सघाएकोमा गैर आवासीय नेपाली संघ तथा संसार भरिरहेका नेपाली चिकित्साकर्मीहरुलाई धन्यवाद दिए।  उनले नेपाल सरकारले जोखिममा रहेका सबै जनतालाई खोप पुराउने कामलाई सर्वोच्च प्राथमिकता दिएको जनाए।  

images
images

सम्मेलनलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माले विदेशका रहेका नेपालीहरूमा प्रशस्त सम्भना रहेको बताउँदै गैरआवासीय नेपाली संघको अभियानमा जोडिएर सकृय हुन आग्रह गरे । शर्माले संघ कोरोना महामारीमा बिदेशमा अलपत्रमा परेका नेपालीहरूको उद्धारमा खटिएको बताए ।

images
images

एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाले यो सम्मेलन नेपाल बाहिर आयोजना  गरिएको  स्वास्थ्य सम्बन्धी सबैभन्दा ठूलो फोरम भएको बताए। उनले सम्मेलनमा नेपाल र नेपाल बाहिर बस्ने आम नेपालीहरुको स्वास्थ्यका बारेमा छलफल हुने जानकारी दिए । महामारीको बेलामा नेपालीहरुको स्वास्थ्य कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा तीन दिने सम्मेलन केन्द्रित रहने उनले जानकारी दिए ।

उनले सम्मेलनमा ३० भन्दा बढी वैज्ञानिक कार्यपत्र पेश हुने तथा ५० भन्दा बढी कार्यशाला सन्चालन गरी समूहगत छलफल हुने जानकारी दिए।

नेपालका लागि ब्रिटिश राजदूत निकोल पोलिट ले ब्रिटेन ले नेपालको स्वास्थ्य सेवा लाई बलियो बनाउन लामो समय देखि सघा उदै आएको बता इन। उनले कोभिड १९ संग जुध्न ब्रिटेनले नेपाललाई सहयोग जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।

 उनले सबै जनतालाई खोप पुराउन तथा  कोभिड १९ संग जुध्न नेपाल सरकारले गरिरहेको काममा सघाउन अन्तर्राष्ट्रिय समुदाय तयार रहेको पनि बताइन्।

सम्मेलनको सहआयोजक एनआरएनए एनसीसी यूकेका अध्यक्ष प्रेम गाहा मगरले सम्मेलनकै क्रममा आइतबार भूतपूर्व गोर्खा लगायत नेपाली समुदायको स्वास्थ्य परिक्षण तथा च्यारिटी डिनर आयोजना गरिएको जानकारी  दिए ।

सम्मेलनको वैज्ञानिक समितिका अध्यक्ष प्रा पदम सिम्खडा तथा डा बोधराज सुबेदीले  सम्मेलनको कार्यक्रम पुस्तिका सार्वजनिक गरेका थिए। त्यस्तै डा एलिनी सुवेदी पोखरेलले संघको स्वास्थ्य समितिले भारतमा संचालन गरेको कार्यक्रमबारे जानकारी दिइन्।  

कार्यक्रमको संचालन आयोजक समिति सदस्य प्रसुना कँडेलले गरेकी थिइन् भने लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले सबै सहभागीहरुलाई स्वागत गरेकी थिइन्। शुक्रबार बिहान भर्चुएल माध्यमबाट शुरु भएको सम्मेलन आइतबार साँझ लण्डन घोषणापत्र जारी गर्दै समापन हुने छ।


प्रकाशित : आइतबार, असोज ३ २०७८०८:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend