सोमबार, मंसिर १० गते २०८१    
images
images

भारतीय लगानी अभिवृद्धि र व्यापार सहजीकरणका लागि नेपाली निजी क्षेत्रको आग्रह

images
शनिबार, चैत १९ २०७८
images
images
भारतीय लगानी अभिवृद्धि र व्यापार सहजीकरणका लागि नेपाली निजी क्षेत्रको आग्रह

कन्फिडरेसन अफ इन्डियन इन्डिष्ट्रिज (सीआईआई)ले आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकारले सबै आवश्यक नीतिगत सहजता प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

images
images

काठमाडौं- नेपालमा भारतीय लगानी बढाउन र भारततर्फकोे निर्यात सहजीकरणका लागि सरकार र निजी क्षेत्र दुवैले भारतसँग आग्रह गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा शनिबार भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालमा लगानीको वातावरण सहज बनाउन आपूm सधै तयार रहेको वताए।  

images
images
images

कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्य सहकार्यविना समृद्ध नहुने वताउँदै उनले त्यसका लागि वातावरण बनाउने बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भ्रमणका क्रममा भएको सम्झौताले विद्युत आदान प्रदान र रेल सेवा सञ्चालनमा सहयोग पुग्ने उनले बताए। 

images

कन्फिडरेसन अफ इन्डियन इन्डिष्ट्रिज (सीआईआई)ले आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकारले सबै आवश्यक नीतिगत सहजता प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। सीआईआई भारतमा महासंघको साझेदार संस्थासमेत हो। 

images

कार्यक्रममा महासंघ अध्यक्ष शेखर गोल्छाले जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताए। पछिल्ला ‘वर्षहरुमा भारतीय लगानी घटिरहेको छ,’ उनले भने, ‘यसलाई बढाउन निजी क्षेत्रको के कस्तो सहयोग चाहिन्छ हामी गर्न तयार छौं। सहजीकरणका लागि महासंघमा विदेशी लगानी सहायता कक्षसमेत स्थापना भएको 
छ।’ 

पर्यटन क्षेत्रमा सम्भावना बढ्दै गएको गोल्छाले बताए। ‘पहिले घुम्न आउनोस, त्यसपछि लगानी गर्नुहोस, अनि आम्दानी पनि गर्नुहोस,’ उनले भने। अबको दुई वर्षमा अहिलेको पर्यटन पूर्वाधारले नपुग्ने र सरकारी नीतिका कारण यस क्षेत्रमा लगानी सहज भएको पनि बताए। नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीहरुले राम्रो मुनाफा आर्जन गरिरहेको पनि उनंले जानकारी गराए। 

नेपाल भारतका लागि नवौंं ठूलो निर्यात गन्तव्य भएको सन्दर्भ प्रस्तुत गर्दै अध्यक्ष गोल्छाले नेपालले पनि भारतमा निर्यात बढाउन खोजिरहेको वताए। नाकामा पूर्वाधार सुधार र गैर भन्सार अवरोध हटाउनु पर्नेमा जोड गोल्छाले जोड दिए। कृषिजन्य उत्पादनको निर्यातका लागि समान गुणस्तरको ल्याब स्थापना गरि एक अर्काको देशमा मान्यता दिनुपर्ने बताए। 

कार्यक्रममा सीआईआईका अध्यक्ष टीभी नरेन्द्रनले नेपाल भारतीय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको र नेपालमा लगानी बढाउन सहजीकरण गर्ने बताए। सीआईआईको उर्जा संयन्त्र नेपालमा लगानी बढाउन सहकार्य गर्ने पनि उनले उल्लेख गरे। कृषिजन्य वस्तुको निर्यातमा गुणस्तरीय कायम गर्न पनि भारतले सहयोग गर्न सक्ने उनले बताए।  

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष भवानी राणाले नेपाल भारतबीचको संयुक्त व्यवसायिक फोरमको बारेमा जानकारी गराएकी थिइन्। दुई देशका उद्यमी व्यवसायीको फोरमको नेतृत्व निवर्तमान अध्यक्ष राणाले गरिरहेकी छिन्। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले लगानीका लागि भइरहेको प्रयासबारे जानकारी गराएका थिए। 

कार्यक्रममा करिब ३० वटा भारतीय वहुराष्ट्रिय कम्पनीको सहभागिता थियो। करिब १५ कम्पनीका प्रमुख कार्यकारी अधिकृतले नेपालमा लगानीको सम्भावना बारे चासो र अनुभव आदान प्रदान गरेका थिए। 

यसअघि, महासंघ र सीआईआईका पदाधिकारीहरुबीच द्विपक्षीय छलफल भएको थियो। जसमा दुई संस्थाबीचको सहकार्य विस्तार, संयुक्त परियोजनाको कार्यान्वयन, नेपाल भारत लगानी एवं व्यापार सहजीकरणका बिषयमा छलफल भएको थियो। छलफलमा प्रतिनिधिमण्डलको नेतृत्व महासंघका अध्यक्ष गोल्छा र सीआईआई प्रतिनिधिमण्डलको नेतृत्व अध्यक्ष नरेन्द्रमले गरेका थिए।  

छलफलमा अध्यक्ष गोल्छा सहित निवर्तमान अध्यक्ष भवानी राणा, पूर्वअध्यक्ष एवं विशिष्ठ सदस्य पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरु अन्जन श्रेष्ठ, रामचन्द्र संघाई तथा कार्यसमिति सदस्यहरु हेमराज ढकाल, भरतराज आचार्य, बिजय वैद्य, आनन्द वगारिया, प्रकाश सिंह कार्की, अम्बिका पौडेल, जम्शेर अलि मियाको सहभागिता थियो। छलफलमा निवर्तमान अध्यक्ष राणा, वरिष्ठ उपाध्यक्ष ढकालले आआप्mनो धारणा समेत राखेकाक थिए। 


प्रकाशित : शनिबार, चैत १९ २०७८१३:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend