बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

आयल निगमका कार्यकारी निर्देशक थानी कांग्रेसको निर्वाचन प्रचार प्रसार समितिमा

शनिबार, चैत १९ २०७८
आयल निगमका कार्यकारी निर्देशक थानी कांग्रेसको निर्वाचन प्रचार प्रसार समितिमा

निर्वाचन प्रचार प्रसार समिति विस्तार गर्दै देउवाले चैत २८ गते भारत भ्रमणमा जानुपूर्व ६७ जना सदस्य  मनोनित गरेका हुन्। जसमा नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीसमेत रहेका छन्।

काठमाडौं- नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा चैत १५ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले कांग्रेस प्रवक्ता प्रकाशशरण महतको संयोजनकत्वमा स्थानीय निर्वाचन प्रचार प्रसार समिति गठन गरेको थियो। 

सोही समितिलाई विस्तार गर्दै सभापति देउवाले चैत २८ गते भारत भ्रमणमा जानुपूर्व ६७ जना सदस्य मनोनित गरेका हुन्। जसमा नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीसमेत रहेका छन्।

थानीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा देउवाले निगम कार्यकारी निर्देशकमा नियुक्ति गरेका हुन्। निगमको कार्यकारी निर्देशकमा योग्य व्यक्तिलाई पन्छाएर देउवाले थानीलाई नियुक्त गरेका थिए। राज्य कोषबाट लार्खौं तलब खुवाउँदै उनै थानीलाई फेरि कांग्रेसको निर्वाचन प्रचार प्रसार समितिमा राखेका हुन्। 

मनोनयनमा परेको सदस्यहरूमध्ये ४६ जना कांंग्रेस केन्द्रीय सदस्य रहेका छन्। बाँकी २१ जना भने कांग्रेसको भातृसंगठन तथा शुभेच्छुक संस्थाका प्रमुखहरूलाई स्थानीय तह केन्द्रीय निर्वाचन प्रचारप्रसार समितिमा पदेन सदस्यमा नियुक्त गरेका हुन्।

मनोनयमा लिष्टको ६१ नम्बर परेका पदेन सदस्य उमेशप्रसाद थानी नेपाल आयाल निगमका कार्याकारी निर्देशन हुन्। थानी सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपालको अध्यक्षको रुपमा स्थानीय तह केन्द्रीय निर्वाचन प्रचार प्रसार समितिमा मनोनयन भएका हुन्। नेपालमा राजनीतिक दलहरूका लागि नैतिक विषय कमजोर बनिरहँदा यस्ता मनोनयनले थप गलत सन्देश दिएको छ। 


प्रकाशित : शनिबार, चैत १९ २०७८०९:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend