बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

प्रधानमन्त्री देउवाले मोदीसँग भने- नेपाललाई थप ३ हवाई रुट उपलब्ध गराउनुस्

शनिबार, चैत १९ २०७८
प्रधानमन्त्री देउवाले मोदीसँग भने- नेपाललाई थप ३ हवाई रुट उपलब्ध गराउनुस्

नागरिक उड्डयनको विषयमा पनि छलफल गरेको बताउँदै देउवाले ३ नयाँ हवाई प्रवेश बिन्दुको विषय मोदी समक्षा राखेका हुन्। 

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसमक्ष थप ३ वटा हवाई रुट उपलब्ध गराउन आग्रह गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्वीपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले यस्ताे आग्रह गरेका हुन्। 

साेही क्रममा भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विषयमा समेत कुराकानी भएको बताए।

नागरिक उड्डयनको विषयमा पनि छलफल गरेको बताउँदै देउवाले ३ नयाँ हवाई प्रवेश बिन्दुको विषय मोदी समक्षा राखेका हुन्। 

प्रधानमन्त्री देउवाले महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट समेत हवाई रुट दिन आग्रह गरेका हुन्।  

प्रकाशित : शनिबार, चैत १९ २०७८०८:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend