आइतबार, असोज ६ गते २०८१    
images
images

प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्रीबीच भेटवार्ता

images
शनिबार, चैत १९ २०७८
images
images
प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्रीबीच भेटवार्ता

साथै उनीहरूले पारस्परिक सम्बन्धलाई अझ प्रगाढ तुल्याउनेबारेमा पनि छलफल गरेका थिए। 

images
images

काठमाडौं- भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता भएको छ। 

images
images
images

त्यस अवसरमा उनीहरूबीच बहुआयामिक नेपाल-भारत सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा छलफल भएको थियो। साथै उनीहरूले पारस्परिक सम्बन्धलाई अझ प्रगाढ तुल्याउनेबारेमा पनि छलफल गरेका थिए। 

दुवै देशका प्रधानमन्त्रीले नेपाल र भारतका जनताको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउने तथा आपसी हित र साझा चासोका विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने उपायबारे विचारविमर्श गरेका थिए।  

नेपाल र भारतबीचको शताब्दीऔँ पुरानो मैत्री र सहयोगको विशेष सम्बन्धलाई थप प्रगाढ एवं सुमधुर बनाउने नवीकृत अवसरका रुपमा दुई देशका प्रधानमन्त्रीको यो भेटवार्तालाई लिइएको छ। बहुपक्षीय सहयोग र साझेदारी प्रवर्द्धनका निम्ति भेटवार्ता फलदायी रहेको बताइएको छ। 

images

त्यसअघि द्विपक्षीय भेटका लागि प्रधामन्त्री मोदीले आफ्ना नेपाली समकक्षीलाई हैदरावाद हाउसमा स्वागत गरेका थिए। रासस


प्रकाशित : शनिबार, चैत १९ २०७८०७:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend