बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

बाढीपीडित तीन पालिकालाई आर्थिक सहयोग

शनिबार, चैत १९ २०७८
बाढीपीडित तीन पालिकालाई आर्थिक सहयोग

बाढीबाट क्षति पुगेका मेलम्ची नगरपालिकालाई दुई लाख, पाँचपोखरी थाङपाल र हेलम्बु  गाउँपालिकालाई तीन/तीन लाखका दरले रकम उपलब्ध गराएकी हुन्।

सिन्धुपाल्चाेक- काभ्रेको भुम्लु गाउँपालिकाले यहाँका तीनवटा पालिकालाई आर्थिक सहयोग गरेको छ।

उक्त गाउँपालिकाकी उपाध्यक्ष कल्पना श्रेष्ठलगायतको टोलीले शुक्रबार गत असार १ र त्यसपछिको मेलम्ची तथा इन्द्रावती नदीमा आएको बाढीबाट क्षति पुगेका मेलम्ची नगरपालिकालाई दुई लाख, पाँचपोखरी थाङपाल र हेलम्बु  गाउँपालिकालाई तीन/तीन लाखका दरले रकम उपलब्ध गराएकी हुन्।  
 
मेलम्चीका प्रमुख डम्बर अर्याल, हेलम्बुका अध्यक्ष निमा ग्याल्जेन शेर्पा तथा पाँचपोखरी थाङपालका अध्यक्ष टासी लामाले केही राजनीतिक दलले सहयोग रकम उपलब्ध गराउने प्रतिबद्धता गरेकामा अहिलेसम्म प्राप्त नभएकाले यथाशक्य छिटो रकम उपलब्ध गराउन अनुरोध गरेका थिए।

असार १ तथा त्यसपछिको मेलम्ची, इन्द्रावती, याङ्री, लार्के खोलामा आएको बाढीले ठूलो जनधनको क्षति गरेको थियो। रासस


प्रकाशित : शनिबार, चैत १९ २०७८०७:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend