बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

ढुवानी बन्द भएपछि पेट्रोलियम पदार्थको अभाव, सरकारी पम्पहरूमा लामो लाइन

शनिबार, चैत १९ २०७८
ढुवानी बन्द भएपछि पेट्रोलियम पदार्थको अभाव, सरकारी पम्पहरूमा लामो लाइन

ढुवानी बन्द गरेपछि देशभरका पेट्रोल पम्प बन्द भएका छन्। केही खुलेपनि उपभोक्ताको लाइन लागेको छ। कमिसन र भाडा बढाउन माग गर्दै व्यवसायीले ढुवानी सेवा बन्द गरेका हुन्। 

काठमाडौं- राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले शुक्रबारदेखि पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेपछि देशभरका पेट्रोल पम्प बन्द भएका छन्। केही पम्प खुले पनि उपभोक्ताको लाइन लागेको छ।

कमिसन र भाडा बढाउन माग गर्दै व्यवसायीले ढुवानी सेवा बन्द गरेका हुन्। 

शुक्रबारदेखि देशभर पेट्रोलियम पदार्थको ढुवानी (लोड अनलोड) बन्द गरेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जनाएको छ। बन्द भएसँगै पेट्रोलियम पदार्थको हाहाकार भएको छ। 

निगमले माग सम्बोधन नगर्दा डिलरहरुले खरिद गर्ने सबै इन्धनको ढुवानी रोकिएको हो। कमिसन र ढुवानी भाडा बढाउन माग गर्दै ढुवानी बन्द गरेको महासंघले जनाएको छ। 

अब चैत २० गतेबाट पेट्रोलियम पदार्थ सबैको बिक्री वितरण बन्द गर्ने महासंघले जनाएको छ। पटक पटक व्यवसायीहरुको आन्दोलनले पेट्रोलियम पदार्थको अभाव  हुने भएको छ।


प्रकाशित : शनिबार, चैत १९ २०७८०४:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend