बिहीबार , जेठ ३ गते २०८१    
images
images

म्याग्दीमा विकास खर्च न्यून

images
शुक्रबार, चैत १८ २०७८
images
images
म्याग्दीमा विकास खर्च न्यून

संघतर्फ रहेका कुल बजेटमध्ये करिब ५० करोड रुपैयाँ बजेट संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र अन्य योजनामा खर्च भइरहेको तथा त्यसको भुक्तानी नहुँदा  खर्च न्यून देखिएको जनाइएको छ।

images
images

काठमाडाैं- चालु आर्थिक वर्षको साढे आठ महिनामा म्याग्दीमा विकासतर्फको बजेट खर्च निराशाजनक छ। 

images
images
images

जिल्लामा रहेका विकास योजनामा संघ र प्रदेश सरकारबाट प्राप्त बजेटमध्ये पुँजीगत खर्च न्यून देखिएको हो। कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीका अनुसार जिल्लामा चालु आर्थिक वर्षको चैत १५ गतेसम्म भएको पुँजीगत खर्चमध्ये संघतर्फ १२ दशमलब ६७ प्रतिशत र प्रदेशतर्फ २८ दशमलब २३ प्रतिशत खर्च भएको छ।
 
सो अवधिमा संघतर्फ कुल ५३ करोड १६ लाख ९२ हजार बजेटमध्ये ६ करोड ७३ लाख ७० हजार रुपैयाँ (१२ दशमलब ६७ प्रतिशत) खर्च भएको छ। विकासमा प्रदेशतर्फ रहेको कुल ६२ करोड ६८ लाख ५० हजार बजेटमध्ये १७ करोड ७० लाख ६ हजार २७५ रुपैयाँ बजेट (२८ दशमलब २३ प्रतिशत) खर्च भएको कोष नियन्त्रक युक्तप्रसाद शर्माले जानकारी दिए।  

images

संघतर्फ रहेका कुल बजेटमध्ये करिब ५० करोड रुपैयाँ बजेट संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र अन्य योजनामा खर्च भइरहेको तथा त्यसको भुक्तानी नहुँदा  खर्च न्यून देखिएको जनाइएको छ।

images
images

आर्थिक वर्षको आठ महिनामा संघ तथा प्रदेशको ४० प्रतिशत विकास बजेट खर्च हुनुपर्ने मान्यता रहेको छ। तर विकासतर्फको बजेट कार्यान्वयनमा साउन भदौ बर्खा, असोज कात्तिक चाडपर्व र मंसिर पुस लगायतको महिना जाडो र कोभिडका कारण सोचे जस्तो रुपमा विकास खर्च हुन नसकेको कोष नियन्त्रक शर्माले बताए। 

images
images

'विकास योजनाको काम भइरहेको छ, अधिकांश योजनाको बजेट भुक्तानीको चरणमा छ', उनले भने। त्यस्तै प्रदेशतर्फको विकास बजेटमध्ये पूर्वाधार विकास कार्यालयको ३८ करोड ४२ लाख ३० हजारमध्ये १२ करोड १९ लाख ४१ हजार रुपैयाँ खर्च भएको छ। उक्त कार्यालयको उपलब्धि ३२ प्रतिशत देखिन्छ। रासस

images

प्रकाशित : शुक्रबार, चैत १८ २०७८१०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend