बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

गत वर्ष सुजुकीले भारतबाट निर्यात गर्‍यो २ लाख ३८ हजार कार, वार्षिक रुपमा हालसम्मकै धेरै

शुक्रबार, चैत १८ २०७८
गत वर्ष सुजुकीले भारतबाट निर्यात गर्‍यो २ लाख ३८ हजार कार, वार्षिक रुपमा हालसम्मकै धेरै

२०२२ को मार्च महिनामा मात्र सुजुकीले भारतबाट २६ हजार ४ सय ९६ वटा कार निर्यात गरेको हो।

काठमाडौं- भारतको सबैभन्दा धेरै कार बिक्रेता कम्पनी मारुती सुजुकी इन्डियाले आर्थिक वर्ष २०२२ मा हालसम्मकै सर्वाधिक कार निर्यात गरेको छ। मार्च गत आर्थिक वर्षमा मारुती सुजुकीले भारतबाट २ लाख ३८ हजार ३ सय ७६ वटा कार निर्यात गरेको हो। 

२०२२ को मार्च महिनामा मात्र सुजुकीले भारतबाट २६ हजार ४ सय ९६ वटा कार निर्यात गरेको हो। यो मासिक रुपमा हुने हालसम्मकै सबैभन्दा धेरै भएको द इकोनोमिक टाइम्सले लेखेको छ। 

मारुती सुजुकीले १९८६ देखि भारतबाट कार निर्यात सुरु गरेको थियो। भारतबाट सुजुकीका कार १ सय भन्दाबढी देशमा निर्यात हुँदै आएको छ। आफूले मारुती सुजुकीको एमडी तथा सीईओको रुपमा नेतृत्व सम्हालेयताकै ठूलो उपलब्धि भएको कम्पनीका एमडी तथा सीईओ हिसाशी टाकिचीले बताएका छन्। 

भारतमा सवारी उत्पादनको राम्रो सम्भावना भएको र यहाँबाट विश्वभर निर्यातसमेत सम्भव भएको पछिल्लो तथ्यांकले पुष्टि गरेको उनको भनाइ छ। आर्थिक वर्ष २०२१/२२ मा भारतबाट मारुती सुजुकीका सबैभन्दा धेरै बलेनो, डिजायर, स्वीफ्ट, एस-प्रेसो र ब्रेजा रहेका छन्। 

भारतबाट नेपालसहित ल्याटिन अमेरिका, अफ्रिका, मध्यपूर्व तथा छिमेकी देशहरुमा मारुती सुजुकीका कार निर्यात हुँदै आएको छ। नेपाली बजारमा सुजुकीका कार उल्लेख्य संख्यामा बिक्री हुँदै आएको छ।


प्रकाशित : शुक्रबार, चैत १८ २०७८१०:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend