बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढ्यो

शुक्रबार, चैत १८ २०७८
सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढ्यो

बिहीबारको तुलनामा शुक्रबार चाँदी प्रतितोला १० रुपैयाँ बढेर १३ सय ६० रुपैयाँ कायम भएको छ।

काठमाडौं- साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेको छ। बिहीबार नेपाल बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार छापावाल सुन तोलामा ८ सय रुपैयाँ बढेर ९९ हजार ७ सय रुपैयाँ कायम भएको छ। 

त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको हो। बिहीबारको तुलनामा शुक्रबार चाँदी प्रतितोला १० रुपैयाँ बढेर १३ सय ६० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।


प्रकाशित : शुक्रबार, चैत १८ २०७८०५:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend