आइतबार, असोज ६ गते २०८१    
images
images

तेस्रो हिमालयन हाइड्रो एक्स्पो शनिबारदेखि काठमाडौंमा हुने 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १७ २०७८
images
images
तेस्रो हिमालयन हाइड्रो एक्स्पो शनिबारदेखि काठमाडौंमा हुने 

एक्स्पोमा आएकाहरूले हेलिकप्टर मार्फत् जलविद्युत आयोजना भ्रमणको अवसर पनि पाउने छन्। आयोजकले यो सुविधा सशुल्क दिने छ। 

images
images

काठमाडौं- तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२२  चैत १९ देखि काठमाडौंको भृकुटीमण्डपमा  आयोजना हुने भएको छ। 

images
images
images

स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा नेपालको जलविद्युतको बजारीकरण भन्ने नाराका साथ एक्स्पो सञ्चालन हुने भएको छ। 

यसअघि चैत १८ गतेदेखि सुरु हुने भनिएको थियो। तर चैत १८ गते घोडेजात्रा परेकाले १९ गते सारिएको हो। 

नेपालस्थित भारतीय राजदूतावासको समन्वय तथा बेलायती राजदूतावास र क्यानडियन हाई कमिसन कन्ट्री पार्टनर रहने गरि भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा एक्स्पो आयोजना हुने इपानले जानकारी दिएको छ। 

images

भारतीय राजदूतावासको समन्वयमा एक्स्पो आयोजना हुँदा नेपाल र भारतका ऊर्जासम्बद्ध व्यक्ति तथा संस्थाका बीचमा पारस्परिक सहकार्यमा समेत सहजता आउने इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए। 

जलविद्युतको बजार बिस्तारका साथै भारतीय लगानीमा सहकार्यको अवसर पनि एक्स्पोले उजागर गर्ने उनको भनाई छ ।

हाइड्रो सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको पछिल्लो प्रविधिका बारेमा जानकारी गराउन, हाइड्रो सम्बन्धी सरोकार राख्नेलाई एकै छानामुनि भेला पार्न तथा विभिन्न मुलुकसँग हाइड्रो विकासका सम्बन्धमा छलफल गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको हो ।

३ दिनसम्म सञ्चालन हुने एक्स्पोमा १०० भन्दा बढी स्टल रहने छन् । जलविद्युत प्रवर्द्धक, उत्पादक, इक्युपमेन्ट सप्लायर्स, टर्बाइन उत्पादक, लगानीकर्ता, बैंक, बिमा लगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल एक्स्पोमा रहने छन् । जसमा झण्डै ५० प्रतिशत विदेशी स्टल रहने आयोजकको भनाई छ । 

यस पटकको एक्स्पोमा ऊर्जासँग सम्बन्धित नयाँ प्रविधिका साथै हाइड्रो पावर रोबोथन (हाइड्रोकर्न २.०), ब्याटल रोबोट्स तथा हाइड्रो पावरको लाइभ डेमोस्ट्रेसन विशेष आकर्षण बन्नेछन् । विश्वकै पहिलो हाइड्रोपावर रोबोटिक कम्पिटिसन हाइड्रोकन २.० मा हाइड्रोपावरमा काम लाग्ने रोबोटहरूको साथै टनेल चेकिङ र इन्स्पेक्सन जस्ता काममा समेत सहायता प्रदान गर्ने रोबोटहरूको प्रतिष्पर्धा एक्स्पोमा समावेश गरिनेछ ।

एक्स्पोमा आएकाहरूले हेलिकप्टर मार्फत् जलविद्युत आयोजना भ्रमणको अवसर पनि पाउने छन्। आयोजकले यो सुविधा सशुल्क दिने छ। 

त्यस्तै एक्स्पो अवलोकन कर्तामध्ये १० जनालाई इन्डक्सन चुल्हो वितरण गरिने छ। गोलाप्रथाको माध्यमबाट वितरण गरिने आयोजकले जानकारी दिएको छ। 


प्रकाशित : बिहीबार , चैत १७ २०७८१३:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend