बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

लिखु तामाकोसी गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बिहीबार , चैत १७ २०७८
लिखु तामाकोसी गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गाउँपािलक अध्यक्ष अड्का, प्रशासकीय अधिकृत न्यौपानेसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

काठमाडाैं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कासिहत तत्कालीन प्रशासकीय अधिकृतहरु राजुप्रसाद न्यौपानेलगायतलाई भ्रष्टाचार मुद्दा दायर गरेकाे छ। 

गाउँपािलक अध्यक्ष अड्का, प्रशासकीय अधिकृत न्यौपानेसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीविरुद्ध ४ करोड २१ लाख ७०६ रुपैयाँ बिगो मागदाबी गरेको छ।

तत्कालीन प्रशासकीय अधिकृत न्यौपानेविरुद्ध १ करोड १२ लाख ८२ हजार १७८ रुपैयाँ, तत्कालीन लेखापाल दुर्गाबहादुर डिम्दोङ तामाङविरुद्ध १ करोड २६ लाख ७५ हजार ५०३० मागदाबी गरिएको छ।

गाउँपालिकाको वडा नम्बर ४ बिजुलीकोट, वडा नम्बर ५ नागदह र वडा नम्बर १ दुरागाउँमा विद्युतीकरण गर्न उपकरण किन्दा खरिद समिति नबनाई आफू अनुकूल उपभोक्ता समिति गठन गरेर आर्थिक वर्ष २०७४/०७५ र ०७५/०७६ मा अनियमितता गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ। खरिद गर्दा ४ करोड २१ लाख ७०६ रुपैयाँ अनियमितता भएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

आरोपपत्रमा विद्युतीकरण उपभोक्ता समिति नागदहका अध्यक्ष वेदबहादुर पुवाँर, कोषाध्यक्ष ममिता श्रेष्ठ र सचिव सुब्बा थापामगरविरुद्ध ३५ लाख २ हजार ६१४, सुनबहादुर तामाङ, करिष्मा परियार, दलबहादुर तामाङविरुद्ध ३७ लाख ८६ हजार ९०२ र होमबहादुर महत, अनिता श्रेष्ठ, डिल्लीबहादुर सुनुवारविरुद्ध ४२ लाख ५३ हजार ३८२ रुपैयाँ बिगो माग दाबी गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए। सोही अनियमिततामा पाइक कन्स्ट्रक्सन प्रालि महाराजगन्जका सञ्चालक अमृतबहादुर तामाङविरुद्ध पनि ४२ लाख ३५ हजारभन्दा बढी बिगो मागदाबी गरिएको छ।

त्यस्तै काजीबाबु श्रेष्ठ, तारा गुरुङ, युवराज सुनुवारविरुद्ध १ करोड २ लाख ५१ हजार ९९५, प्रचण्ड सुनुवार, घन्टिकादेवी सुनुवार र क्याल्बु तामाङविरुद्ध ३२ लाख २९ हजार ७३८, बुद्धिबहादुर तामाङ, मेनुका खड्का र अश्विन रोकाविरुद्ध ८४ लाख ९१ हजार ६०८, अशोककुमार सुनुवार, दिलमाया थापा र प्रकाश सुनुवारविरुद्ध ६६ लाख ७० हजार ७०८, तत्कालीन लेखापाल नुर्बु लामाविरुद्ध २ करोड ९४ लाख २५ हजार २०२ र तत्कालीन प्रशासकीय अधिकृत टंकप्रसाद चौलागाईंविरुद्ध ३ करोड ८ लाख १८ हजार ५२८ रुपैयाँ बिगो कायम गरिएको छ।


प्रकाशित : बिहीबार , चैत १७ २०७८१०:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend