बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

पशुपति धर्मशाला सिल गर्न प्रहरीको निगरानी

बिहीबार , चैत १७ २०७८
पशुपति धर्मशाला सिल गर्न प्रहरीको निगरानी

बिहीबार बेलुका सिल गरेको अवस्थामा उनीहरूले सोमबारसम्म कुनै आदेश ल्याउन नसक्ने अवस्था छ।

काठमाडौं- नेपाल-भारतमैत्री पशुपति धर्मशाला सिल गर्ने तयारी भएसँगै प्रहरीले निगरानी बढाएको छ। 

सोमबार बसेको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदको बैठकले बतास समूह अन्तर्गतको आनन्द होटल प्रालिले सञ्चालन गरिरहेको धर्मशाला सिल गर्ने निर्णय गरेको थियो।

बिहीबार धर्मशाला सिल गर्ने तयारीअनुसार प्रहरीले सोधपुछ र रेखदेख गरिरहेको छ। कोष उच्च स्रोतका अनुसार बिहीबार दिउँसो साढे ४ बजेतिर धर्मशाला सिल गर्ने तयारी भएको र सोहीअनुरुप प्रहरीले तयारी गरिरहेको भनाइ छ। 

यसअघि बिहीबार ११ बजे नै धर्मशाला सिल गर्ने कोषको तयारी थियो। तर ११ बजे नै सिल गर्दा आनन्द होटलले अदालतमा रिट दायर गरेर अन्तरिम आदेश ल्याउने सक्ने भन्दै दिउँसो सारिएको हो। 

बिहीबार बेलुका सिल गरेको अवस्थामा उनीहरूले सोमबारसम्म कुनै आदेश ल्याउन नसक्ने अवस्था भएकाले सिल गर्न लागिएको कोष स्रोतको दाबी छ। शुक्रबार उपत्यका बिदा परेका कारण उनीहरूलाई तत्काल आदेश ल्याउन रोक्नका लागि बिहान सिल गर्ने तयारी साँझको समय सारिएको स्रोतको दाबी छ।

नेपाल भारतमैत्री पशुपति धर्मशाला २०७६ बैशाखदेखि बतास समूह अन्तर्गतको आनन्द होटल प्रालिले सञ्चालन गर्दै आएको छ। यही बीचमा कोषले आनन्द होटलसँग स्पष्टीकरण सोधको थियो। होटलले यो विषयको मुद्दा उच्च अदालत र सर्वोच्चमा विचाराधीन रहेको भन्दै स्पष्टीकरण दिएको थिएन। धर्मशालाको विषयमा अहिले पनि मुद्दा अदालतमै विचाराधीन छ। 


प्रकाशित : बिहीबार , चैत १७ २०७८०९:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend