बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

पोखरा विमानस्थलको काम सम्पन्‍न नभइ निर्माण कम्पनीलाई सम्मान 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १७ २०७८
पोखरा विमानस्थलको काम सम्पन्‍न नभइ निर्माण कम्पनीलाई सम्मान 

विमानस्थल आयोजना कार्यालयका अनुसार हालसम्म जम्मा ९३ प्रतिशत मात्र काम सम्पन्न भएको छ। 

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थल निर्माण गरिरहेको चिनियाँ कम्पनीलाई सम्मान गरेको छ। 

विमानस्थलको भौतिक पूर्वाधार तथा उपकरण जडानको काम सम्पन्न गरेको भन्दै प्राधिकरणले चाइना सीएएमसी इन्जिनियरिङलाई सम्मान गरेको हो। 

विमानस्थल निर्माणको काम भने यो कम्पनीले अझै सम्पन्न गरिसकेको छैन। सन् २०२१ को जुलाइमा काम सक्नुपर्ने जिम्मेवारी पाएको यो कम्पनीले अझै काम सकेको छैन। 

विमानस्थल आयोजना कार्यालयका अनुसार हालसम्म जम्मा ९३ प्रतिशत मात्र काम सम्पन्न भएको छ। 

'विमानस्थल निर्माणको धेरै काम अझै बाँकी छ। यो कम्पनीको काम क्यालिब्रेसन उडान नभएसम्म सकिँदैन। अहिले नै हतारमा सम्मान गरेको जस्तो देखिन्छ' एक उच्च अधिकारीले भने। 

 


प्रकाशित : बिहीबार , चैत १७ २०७८०७:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend