बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

औद्योगिक क्षेत्रमा लोडसेडिङपछि उद्योग मन्त्रालयले ऊर्जालाई पठायो पत्र

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १७ २०७८
औद्योगिक क्षेत्रमा लोडसेडिङपछि उद्योग मन्त्रालयले ऊर्जालाई पठायो पत्र

उद्योग बन्द हुँदा रोजगारी घट्ने, मूल्यवृद्धि उकालो लाग्ने तथा कालोबजारी मौलाउने खतराप्रति सचेत गराउँदै उद्योग मन्त्रालयले ऊर्जालाई पत्राचार गरेको हो। 

काठमाडौं- पछिल्लो सातादेखि औद्योगिक क्षेत्रमा लोडसेडिङ निरन्तर भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चासो लिएको छ। 

मन्त्रालयले  उद्योगहरूमा लोडसेडिङ सुरू भएको र यसले गर्दा  उत्पादन कटौति भइरहेको सूचना आएकाले चासो व्यक्त गर्दै ऊर्जा मन्त्रालयलाई पत्राचार गरेको छ। 

उद्योग बन्द हुँदा रोजगारी घट्ने, मूल्यवृद्धि उकालो लाग्ने तथा कालोबजारी मौलाउने खतराप्रति सचेत गराउँदै उद्योग मन्त्रालयले ऊर्जालाई पत्राचार गरेको हो। 

बढ्दो आयातका कारणले यसै पनि दबाबमा परेको मुलुकको अर्थतन्त्रमा विद्युत कटौतिले संकट ल्याउनसक्ने भएकाले आपूर्ति सहज बनाउन ऊर्जा मन्त्रालयसँग आग्रह गरेको छ। 

प्रकाशित : बिहीबार , चैत १७ २०७८०६:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend