काठमाडौं- बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। बिहीबार छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँ बढेर ९८ हजार ९ सय रुपैयाँ तोकिएको छ। बुधबार छापावाल सुनको मूल्य ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यता चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ। बिहीबारका लागि चाँदीको मूल्य १३ सय ५० रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।