बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

एनआईसी एसिया बैंकका ग्राहकलाई फिस्टेल लज र जगतपुर लजमा १० प्रतिशत छुट

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार ३ २०८३
एनआईसी एसिया बैंकका ग्राहकलाई फिस्टेल लज र जगतपुर लजमा १० प्रतिशत छुट

काठमाडौं- एनआईसी एसिया बैंकका ग्राहकहरूलाई लेकसाइड, पोखरास्थित फिस्टेल लज र चितवनस्थित जगतपुर लजमा विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ।

यस समझदारीपश्चात बैंकका ग्राहकले अन्नपूर्ण ग्रुप अफ होटल्स अन्तर्गत सञ्चालित उक्त दुई लजहरुबाट विभिन्न सेवा तथा सुविधाहरू लिँदा विशेष छुट प्राप्त गर्न सक्ने छन्।

समझदारी अनुसार उक्त लजहरुमा खाद्य तथा पेय पदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नुहुनेछ भने आवासीय सेवामा कर्पोरेट शुल्क प्राप्त गर्न सक्नेछन्।

यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड वा मोबाइल बैंकिङ एप (मोबैंक) प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ।

उक्त लजहरुसँगको यस सहकार्यले ग्राहकहरुलाई विशेष सहुलियत प्राप्त हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको जनाएको छ।


प्रकाशित : बुधबार, असार ३ २०८३१३:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend