मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

जेठ महिनामा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार २ २०८३
जेठ महिनामा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन

काठमाडौं- देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा ५ अर्ब २४ करोड ४२ लाख ५१ हजार १ सय १ रुपैयाँ बराबर राजस्व संकलन गरेका छन्।

काठमाडौं- देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा ५ अर्ब २४ करोड ४२ लाख ५१ हजार १ सय १ रुपैयाँ बराबर राजस्व संकलन गरेका छन्। 

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका १ सय ३८ भूमि प्रशासन कार्यालयले सेवाकरबाट २८ करोड ६६ लाख ३२ हजार ५ सय ६० रुपैयाँ संकलन गरेको छ। 

यस्तै, रजिष्ट्रेसन दस्तुरबाट २ अर्ब ७८ करोड ५१ लाख १६ हजार २ सय २६, पुँजीगत लाभकरबाट २ अर्ब १२ करोड ३१ लाख ४२ हजार ६४४ संकलन गरेको छ।

विभागका अनुसार भूमि प्रशासन कार्यालय डिल्लीबजारले ३४ करोड ४४ हजार, टोखाले १० करोड ९९ लाख २३ हजार, चाबहिलले ३१ करोड ४२ लाख १९ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ। 

विभागका अनुसार गत वैशाख महिनामा देशभरका मालपोत कार्यालयहरूले कुल ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८ सय ७३ बराबरको राजस्व संकलन गरेका थिए। 

यस्तै, गत चैतमा कुल ६ अर्ब १६ करोड ५७ लाख ५० हजार १ सय १७ रुपैयाँ राजस्व संकलन गरेका थिए। त्यस्तै, गत फागुनमा ४ अर्ब १४ करोड ९५ लाख ४८ हजार ९ सय ३२ र गत माघमा भने पाँच अर्ब ९९ लाख २४ हजार ५ सय ३६ रुपैयाँ बराबरको राजस्व संकलन भएको थियो।


प्रकाशित : मंगलबार, असार २ २०८३१८:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend