कञ्चनपुर- जिल्लामा धानखेतीका लागि डीएपी मल अभाव देखिएको छ।
कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरका अनुसार सहकारीमार्फत किसानलाई मल बिक्रीवितरण भइरहेको भए पनि डीएपी मल अभाव छ।
कृषि सामग्री कम्पनी लिमिटेडका शाखा प्रबन्धक हेमराज जोशीले यहाँबाट ४ सय ५० मेट्रिक टन डिएपी र ५ सय मेट्रिक टन रसायनिक मल युरिया बिक्री वितरण भइसकेको जानकारी दिए ।
कृषि सामग्री कम्पनी लिमिटेडले डीएपी प्रतिबोरा २ हजार ३ सय ९४ र युरिया ९ सय ४४ रुपैयाँमा बिक्री गरिरहेको जनाएको छ।
जोशीले वार्षिक करिब ४ सय मेट्रिक टन मल अभाव हुने गरेको बताए। खुला सीमानाका कारण कञ्चनपुरका विभिन्न स्थानमा भारतबाट समेत फाटफुट रूपमा मल आयात हुने गरेको छ। रासस
