सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

कर्णालीले सात प्रतिशत बढाएर ३५ अर्ब ३९ करोड रुपैयाँको बजेट ल्यायो

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार १ २०८३
कर्णालीले सात प्रतिशत बढाएर ३५ अर्ब ३९ करोड रुपैयाँको बजेट ल्यायो

कूल विनियोजनमा ८ अर्ब ६० करोड चालुतर्फ र २० अर्ब ७४ करोड पुँजीगतमा खर्च हुने अनुमान सरकारले गरेको छ।

काठमाडौं- कर्णाली सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ३९ करोड रुपैयाँको बजेट ल्याएको छ।

आर्थिक मामिला तथा योजनामन्त्री राजिवबिक्रम शाहले प्रदेशसभामा प्रस्तुत गरेको यो बजेट चालु आर्थिक वर्षको तुलनामा ७ प्रतिशत धेरै हो।

कुल विनियोजनमा ८ अर्ब ६० करोड चालुतर्फ र २० अर्ब ७४ करोड पुँजीगतमा खर्च हुने अनुमान सरकारले गरेको छ।

त्यस्तै वित्तीय व्यवस्थाका लागि ५० करोड विनियोजन गरेको सरकारले वित्तीय हस्तान्तरणका लागि ५ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ। 

बजेटको स्रोतका रुपमा आन्तरिक आयबाट ८५ करोड,  मौजदातबाट ६ अर्ब ४१ करोड, संघीय राजस्व बाँडफाँटबाट १० अर्ब ६६ करोड, वित्तीय समानीकरणबाट १० अर्ब ६३ करोड, सशर्त अनुदान ५ अर्ब ६७ करोड अनुमान गरिएको छ। 

समपूरक अनुदान ६६ करोड ७८ लाख र विशेष अनुदानबाट ४८ करोड ५६ लाख व्यवस्थापन हुने सरकारको अनुमान छ। 


प्रकाशित : सोमबार, असार १ २०८३१८:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend