बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

रक, ह्यापी आवर र क्यासिनो र्‍याड बन्द गर्ने निर्णय; एचएसएल म्यानेजमेन्टको बैंक ग्यारेन्टी पनि सिज हुने

बुधबार, चैत १६ २०७८
रक, ह्यापी आवर र क्यासिनो र्‍याड बन्द गर्ने निर्णय; एचएसएल म्यानेजमेन्टको बैंक ग्यारेन्टी पनि सिज हुने

ह्यापी आवर प्रालि, रक इन्टर नेश्नल, र्‍याडिसन होटलमा सञ्चालन भएको क्यासिनो र्‍याड बन्द गर्ने निर्णय भएको जनाएको छ। 

काठमाडौं- पर्यटन विभागले तीनवटा क्यासिनो बन्द गर्ने निर्णय गरेको छ। साथै विभागले टाइगर प्यालेस र सांग्रिला होटलमा क्यासिनो सञ्चालन गरिरहेको एचएसएल म्यानेजमेन्ट प्रालिले राखेको बैंक ग्यारेन्टीसमेत राजस्व खातमा ल्याउने गरी सिज गर्ने भएको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीस्तरीय निर्णयबाट लामो समयदेखि क्यासिनो सञ्चालन गरेवापत राज्यलाई तिर्नु पर्ने राजस्व रकम नतिरेको भन्दै क्यासिनो बन्द गर्ने निर्णय भएको विभागले जनाएको छ।

विभागले ह्यापी आवर प्रालि, रक इन्टर नेश्नल, र्‍याडिसन होटलमा सञ्चालन भएको क्यासिनो र्‍याड बन्द गर्ने निर्णय भएको जनाएको छ। 

यस्तो छ विभागको निर्णय

१.jpg
२.jpg

 


प्रकाशित : बुधबार, चैत १६ २०७८११:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend