सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

कोशीको बजेट ४० अर्ब ४४ करोड, चालु वर्षको तुलनामा १२ प्रतिशतले बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार १ २०८३
कोशीको बजेट ४० अर्ब ४४ करोड, चालु वर्षको तुलनामा १२ प्रतिशतले बढ्यो

कोशी प्रदेश सरकारले मा चालु वर्षको तुलनामा १२ प्रतिशतले बजेट बढाएको हो। कोशीले आगामी वर्षका लागि ५ अर्ब ५६ करोड रुपैयाँ स्थानीय तहमा हस्तान्तरणका लागि विनियोजन गरेको छ।

काठमाडौं- कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड रुपैयाँको बजेट ल्याएको छ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले १३ अर्ब ९७ करोड चालुतर्फ र २० अर्ब ७५ करोड र १५ करोड वित्तीय व्यवस्थातर्फ विनियोजन गरेको घोषणा गरेका हुन्। 

कोशी प्रदेश सरकारले चालु वर्षको तुलनामा १२ प्रतिशतले बजेट बढाएको हो। कोशीले आगामी वर्षका लागि ५ अर्ब ५६ करोड रुपैयाँ स्थानीय तहमा हस्तान्तरणका लागि विनियोजन गरेको छ। 

कोशीले आगामी वर्षका ५ अर्ब ५० करोड आन्तरिक राजस्वबाट, राजस्व बाँडफाँटबाट १२ अर्ब ८७ करोड, वित्तीय समानीकरणबाट ५ अर्ब ९५ करोड र विशेष अनुदानबाट ५५ करोड रुपैयाँ व्यवस्थापन गर्ने लक्ष्य राखेको छ।

त्यस्तै रोयल्टीबाट ४१ करोड र ५ अर्ब आन्तरिक मौजदातबाट व्यवस्थापन गर्ने लक्ष्य लिएको छ। 


प्रकाशित : सोमबार, असार १ २०८३१८:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend