सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार १ २०८३
सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढ्यो
फाइल तस्बिर

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेको छ।

आइतबार प्रतितोला २ लाख ९३ हजार २  सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आजका लागि भने २ लाख ९८ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार भने प्रतितोला ई लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा १ सय २०  रुपैयाँले बढेको छ। आइतबार प्रतितोला ४ हजार ८ सय ९५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने  ५ हजार १५ निर्धारण भएको छ। शुक्रबार चाँदी प्रतितोला  ४ हजार ८ सय ४०  रुपैयाँमा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार ३ सय २९.४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

नेपाली बजारमा २०८२ माघ १५ गते हालसम्मकै उच्च मूल्यमा सुनचाँदीको कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ थियो। 


प्रकाशित : सोमबार, असार १ २०८३११:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend