सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

एकआपसमा एआई प्रविधि हस्तान्तरणमा रोक लगाउँदै अमेरिका र चीन

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार १ २०८३
एकआपसमा एआई प्रविधि हस्तान्तरणमा रोक लगाउँदै अमेरिका र चीन

आणविक हतियारको प्रविधिलाई जसरी मुलुकहरूले गोप्य राख्छन् त्यसैगरी एआई प्रविधिमा पनि गर्न थालेका छन्।

काठमाडौं- एआईको तीव्र प्रतिस्पर्धामा रहेका अमेरिका र चीनले एकआपसमा प्रविधि तथा ज्ञानको हस्तान्तरणमा रोक लगाउन थालेका छन्। आफ्नो मुलुकको कम्पनीले विकास गरेको प्रविधि तथा सीपलाई विदेशी कम्पनीलाई हस्तान्तरण गर्नबाट रोक लगाउँदै आएका छन्। 

चिनियाँ कम्पनीले विकास गरेको मनुस एआई खरिदको डिलबाट मेटा पछि हट्न बाध्य भएको छ। चीनले मेटालाई बिक्री गर्ने सम्झौताबाट पछि हट्न निर्देशन दिएसँगै उक्त डिल रद्ध हुने भएको छ। मनुस एआई नाममको भेञ्चारलाई मेटाले २ अर्ब डलरमा खरिद गरेको थियो। चिनियाँ मुलका नागरिकले सिंगापुरमा कम्पनी खडा गरेर यो बिक्रीको डिल भएपनि चीनले नियम नै ल्याएर निर्देशन दिएपछि रद्ध भएको हो। 

त्यस्तै हालैमात्र अमेरिकी कम्पनी एन्थ्रोपिक्सले विकास गरेको क्लडको पछिल्लो मोडलको आम र विश्वव्यापी प्रयोगमा कडाइ गरिएको छ। अमेरिका बाहिरको बजारमा जानबाट रोक्ने नभएपनि लिमिटेड पहुँचमात्र दिने भन्ने समाचार बाहिरिएका छन्।

क्लडले विकास गरेको छपिल्लो यो मोडल निकै एड्भान्स मानिएको छ। एआईमा अहिलेसम्म विकास भएका मोडलमध्ये निकै शक्तिशाली भनेर चर्चा भएको छ। यसको दुरूपयोगको जोखिम बढेको भनेर बाहिर भनिएपनि अमेरिकाले राष्ट्रिय सुरक्षाका लागि एआई प्रविधिको हस्तान्तरणमा अंकुश लगाउँदै आएको छ। 

एआईको विकासमा चीनले पछ्याएपनि अमेरिका निकै अग्रणि रहेको छ आजका मितिसम्म। तर अमेरिका आफैले विकास गरेको प्रविधिवलाई पछ्याएर त्यसको रेप्लिकाबाटै चीनले टक्कर दिन थालेपछि पछिल्लो सात वर्षदेखि प्रविधिमा चीनिमाथि अमेरिकाले अवरोध गर्दै आएको छ। 

युद्धदेखि साइबर आक्रमणसम्म एआईको प्रयोग बढ्ने जोखिमले गर्दा आविष्कार गरिएको एआई मोडललाई गोप्य राखेपछि अरु देश झन् अर्को चिन्तामा रहेका छन्। अमेरिका र चीन दुईबीच प्रतिस्पर्धा चलिरहँदा अरु मुलुक भने बिना प्रतिस्पर्धा पनि पीडित हुने चिन्तामा छन्।

चीनले पछिल्लो समय एआईको विकास तथा प्रयोगलाई सरकारी नियन्त्रित बनाइरहेको छ। आम प्रयोगभन्दा पनि सरकारी तहबाट परीक्षण तथा निगरानीपछि नियन्त्रित प्रयोगबाट नागरिक प्रयोगमा अनुमति दिंदै आएको छ। तर देश बाहिर जानबाट भने चीनले पनि रोकिरहेको छ। 

आणविक हतियारको प्रविधिलाई जसरी मुलुकहरूले गोप्य राख्छन् त्यसैगरी एआई प्रविधिमा पनि गर्न थालेका छन्। 


प्रकाशित : सोमबार, असार १ २०८३१३:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend