बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

किसानको बारीमै पुग्ने, व्यापारीको गोदाममा उज्यालो पसेको अनुभूति हुने बजेट ल्याउँछौँ : अर्थमन्त्री

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १६ २०७८
किसानको बारीमै पुग्ने, व्यापारीको गोदाममा उज्यालो पसेको अनुभूति हुने बजेट ल्याउँछौँ : अर्थमन्त्री

अहिलेको अर्थतन्त्रका बारेमा धेरै चिन्ता भइरहेको भन्दै बजेटले अर्थ व्यवस्थालाई नयाँ रूप दिने दाबी गरे। 

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सबैको अपनत्व हुने गरी निर्माण हुने बताएका छन्।  कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, रोजगारी सृजना, श्रम सीपको उचित व्यवस्थापन, विकास खर्चमा सुधार, सुधारिएको लगानीको वातावरण, निजी क्षेत्र मैत्री लगायतका विषयलाई प्राथमिकता दिएर बजेट निर्माण हुने उनले बताउनुभयो ।

नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र अर्थ मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको आर्थिक बहस कार्यक्रममा बोल्दै उनले भने,'किसानले आफ्नै बारीमा बजेट पसेको महसुस गरून्, व्यापारीले आफ्नो गोदाममा उज्यालो पसेको खुसी पाउन् । हामी यो दृष्टिकोण राखेर बजेट निर्माणमा केन्द्रित छौं।'

अहिलेको अर्थतन्त्रका बारेमा धेरै चिन्ता भइरहेको भन्दै बजेटले अर्थ व्यवस्थालाई नयाँ रूप दिने दाबी गरे। 

'म बजेटमार्फत किसानको बाँझो खेततर्फ फर्केन चाहन्छु, त्यता नफर्की उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न सकिदैन भन्ने लाग्छु' उनले भने, 'निर्यातलाई अब बिस्तारै बढाउँदै लैजानुपर्छ । निर्यात बढाउन हामीसँग उत्पादनको अथाह सम्भावना छ।'


प्रकाशित : बुधबार, चैत १६ २०७८०९:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend