आइतबार, असोज ६ गते २०८१    
images
images

पूर्वी चितवन १३२ केभी सबस्टेसन उद्घाटन

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १६ २०७८
images
images
पूर्वी चितवन १३२ केभी सबस्टेसन उद्घाटन

कार्यक्रममा प्राधिकरणका कार्यकारी कुलमान घिसिङले सबस्टेसन संचालनमा आएपछि यस क्षेत्रको प्राविधिक चुहावट घटेको, ग्राहकले गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विद्युत् पाएको र प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी लोडसेडिङ गर्नु पर्ने अवस्थाको पनि अन्त्य भएको बताए। 

images
images

काठमाडौं- सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा चितवनको राप्ती नगरपालिका-६ स्थित हर्दीमा निर्माण भएको पूर्वी चितवन १३२/३३/११ केभी सबस्टेसनको उद्घाटन गरिएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार हर्दीमा आयोजित कार्यक्रममा सबस्टेसनको उद्घाटन गरेका हुन्। 

images
images
images

चितवनका राप्ती, खैरहनी र कालीका नगरपालिकाको विद्युत् आपूर्तिलाई गुणस्तरीय र विश्वसनीय बनाउन करिब ६३ करोड ३० लाख रुपैयाँको लगानीमा पूर्वी चितवन सबस्टेसन निर्माण गरिएको हो । मकवानपुरको हेटौडाबाट चितवनको भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युतलाई पूर्वी चितवन सबस्टेसन भित्र छिराएर बाहिर निकालिएको छ । हेटौडा–भरतपुर प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई पूर्वी चितवन सबस्टेसनमार्फत त्यस क्षेत्रमा आपूर्ति गरिएको छ ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री प्रचण्डले विगतमा आफू प्रधानमन्त्री हुँदा ऊर्जा क्षेत्रमा सशत्त टिम बनाएर मुलुकबाट लोडसेडिङ अन्त्य गरेको उल्लेख गर्दै अहिले विद्युत निर्यात गर्ने अवस्थामा पुगिएको बताए।  

'विगतमा दैनिक १५/१६ घण्टाको लोडसेडिङको जटिल र चुनौतपूर्ण अवस्थामा रहेर प्रताडीत थियौं,तर हामीले लोडसेडिङ आश्चर्यजनक रुपमा हटाएर त्यसलाई इतिहास बनाएका छौं, अहिले मुलुक लोडसेडिङमुक्त मात्र नभएर खपत गरेर जगेडामा रहेको विद्युत निर्यात गर्ने अवस्थामा पुगेका छौं' उनले भने। 

images

उनले मलुकका मुख्य सहर तथा औद्योगिक क्षेत्रहरुमा ५० वर्षसम्मको विद्युत मागलाई धान्ने गरी विद्युतीय संरचनाको पूर्वाधार निर्माण गर्न आग्रह गरे। चितवनबाट संघीय सांसद समेत रहेका दाहालले पूर्वी चितवन सबस्टेसनबाट चैनपुरसम्म ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माणमा सहयोग गर्न स्थानीयलाई अनुरोध गरे। 

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले खेतीयोग्य जमिनमा सिंचाइ सुविधा उपलब्ध गराउन विद्युतको महसुल सस्तो बनाइएको बताइन्। 

'पेट्रोलियम पदार्थको मूल्य बढेर धान्न नसक्ने अवस्था छ, त्यसैले पेट्रोलियम पदार्थभन्दा करिब ४०/५० प्रतिशत सस्तो विद्युत हरेक क्षेत्रमा प्रयोग गरौं' उनले भनिन्। 

कार्यक्रममा प्राधिकरणका कार्यकारी कुलमान घिसिङले सबस्टेसन संचालनमा आएपछि यस क्षेत्रको प्राविधिक चुहावट घटेको, ग्राहकले गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विद्युत् पाएको र प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी लोडसेडिङ गर्नु पर्ने अवस्थाको पनि अन्त्य भएको बताए। 

सबस्टेसनमा  १३२/३३ केभी, ३० एमभीए क्षमतार ३३/११ केभी, १६.६ एमभिए क्षमताका एक/एक ओटा पावर ट्रान्सफर्मर रहेका छन् ।


प्रकाशित : बुधबार, चैत १६ २०७८०८:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend