शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

महासंघ र परिसंघका अध्यक्षसहित दर्जनभन्दा बढी व्यवसायी विभूषित

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज ३ २०७८
महासंघ र परिसंघका अध्यक्षसहित  दर्जनभन्दा बढी व्यवसायी  विभूषित

संविधान दिवसको अवसर पारेर दर्जनभन्दा बढी व्यवसायीलाई सरकारले सम्मान गर्ने भएको छ। व्यवसायीलाई विभिन्न मानपदवीले सम्मान गर्न लागिएको हो।

काठमाडौं- संविधान दिवसको अवसर पारेर दर्जनभन्दा बढी व्यवसायीलाई सरकारले सम्मान गर्ने भएको छ। व्यवसायीलाई विभिन्न मानपदवीले सम्मान गर्न लागिएको हो।

जसमा नेपाल उद्याेग वाणिज्य महासंघका अध्यक्ष शेखर गाेल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालदेखि चेम्बर अध्यक्ष राजेन्द्र मल्ललाई समेत सरकारले सम्मान गर्ने भएको छ। राष्ट्रपतिमार्फत प्रत्येक वर्ष संविधान दिवसको अवसर पारेर सम्मान दिने परम्परा रहेको छ।

सरकारले व्यवसायीहरु उपेन्द्र महतो, देवीप्रकाश भट्टचन्द राजेन्द्र कुमार खेतान, ध्रुव कुमार श्रेष्ठ, उपेन्द्रप्रसाद पौडेल, रविनादेशराज जोशी,  कुञ्ज अग्रवाल, प्रेमकन्ठ श्रेष्ठ, चन्द्र ढकाल, साहिल अग्रवाल, यादव शिंह कार्की, कमल किशोर मालपानी, सौरभ दुगड लगायत दर्जन भन्दा बढीलाई विभिन्न पदवीले सम्मान गर्न लागेको हो। यसैगरी,माेतिलाल दुगड, संजय कुमार खेतान, रमेश शर्मा,राजु ढकाल, गाेकुल भण्डारी, नारायण अग्रवाल, गाेविन्द गाेइन्का, अम्बिका प्रसाद पाैडेल, चिन्तामणी न्याैपाने, हुमनाथ काेइराला, देविकिशन मून्दडा,कृष्ण प्रसाद शर्मा, सुरेन्द्र वीर माला, शिवरतन शारदा, रामेश्वर थापा, कैलाश सिराेहिया, विनाेद ज्ञावली र कृष्ण ज्वाला देवकाेटा पनि सुचीमा रहेका छन्।

सरकारले ९ सय ३ जनालाई विभिन्न पदवीले विभुषित गर्ने भएको छ। 


प्रकाशित : आइतबार, असोज ३ २०७८०३:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend