बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

दीर्घरोगीलाई मासिक पाँच हजार उपचार खर्च दिने बाटो खुल्यो 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १६ २०७८
दीर्घरोगीलाई मासिक पाँच हजार उपचार खर्च दिने बाटो खुल्यो 

यस्तो रकम स्थानीय तहबाट वितरण हुने छ। 

काठमाडौं- सरकारले बजेट मार्फत घोषणा गरेको बिरामीलाई उपचार खर्च दिने कार्यक्रम कार्यान्वयनको बाटो खुलेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गम्भीर दीर्घरोगीलाई उपचार खर्च बापत मासिक खर्च दिने कार्यविधि स्वीकृत गरेको छ। 

मृगौला प्रत्यारोपण गरेका, डाइलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचार खर्च उपलब्ध गाराउने कार्यविधि २०७८ स्वीकृत भएको छ। 

यो कार्यविधि स्वीकृत भएसँगै मृगौला प्रत्यारोपण गरेका, डाइलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीले मासिक पाँच हजार रुपैयाँ उपचार खर्च बापत पाउने छन्। 

यस्तो रकम स्थानीय तहबाट वितरण हुने छ। 


प्रकाशित : बुधबार, चैत १६ २०७८०८:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend