बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

श्रीलङ्कामा गहिरिँदै आर्थिक संकट, दैनिक १० घण्टा  लोडसेडिङ, इन्धनका लागि तँछाडमछाड 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १६ २०७८
श्रीलङ्कामा गहिरिँदै आर्थिक संकट, दैनिक १० घण्टा  लोडसेडिङ, इन्धनका लागि तँछाडमछाड 

श्रीलङ्कामा प्रयोग हुने विजुली मध्ये ४० प्रतिशत विजुली जलविद्युत परियोजना मार्फत उत्पादन हुने गरेको छ । जलविद्युत उत्पादनका लागि प्रयोग हुने जलाशय भने अहिले सङ्कटमा रहेका छन् । 

कोलम्बो- श्रीलङ्कामा बुधबारदेखि दैनिक १० घण्टा विद्युत कटौती हुने भएको छ ।

देशमा उर्जा सङ्कट उत्पन्न भएकाले देशव्यापी विद्युत कटौती दैनिक रुपमा गर्नु परेको अधिकारीहरूले जनाएका छन् । दुई करोड २० लाख जनसङ्ख्या रहेको दक्षिण एसियाली मुलुक श्रीलङ्कामा आर्थिक सङ्कट चुलिएको छ भने विदेशी मुद्राको अभाव भएको छ ।

श्रीलङ्कामा प्रयोग हुने विजुली मध्ये ४० प्रतिशत विजुली जलविद्युत परियोजना मार्फत उत्पादन हुने गरेको छ । जलविद्युत उत्पादनका लागि प्रयोग हुने जलाशय भने अहिले सङ्कटमा रहेका छन् । 

पर्याप्त वर्षा नभएकाले जलाशयमा जल कम भएकाले विजुली उत्पादन पनि कम भएको अधिकारीहरूको भनाई छ ।  

बाँकी विजुली भने कोइला र तेलबाट उत्पादन गर्ने गरिएको छ । ती दुवै चीज विदेशबाट आयात गर्नु पर्ने र आयातका लागि विदेशी मुद्रा नभएकाले आयात गर्न गाह्रो भएको छ । कोइला र तेलको कमीका कारण विजुली उत्पादन कम भएकाले विद्युत प्रवाह पनि कटौती गर्नु परेको अधिकारीहरूको भनाई छ ।

आर्थिक संकट गहिरिँदै गएपछि श्रीलंकामा पेट्रोलियम पदार्थको अभाव भएको छ। माग अनुसार आपूर्ति नभएपछि पेट्रोल पम्पहरुमा लाइन लागेको छ।  (रासस/एएफपी) 

प्रकाशित : बुधबार, चैत १६ २०७८०८:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend