बिहीबार , जेठ २८ गते २०८३    
बिहीबार , जेठ २८ २०८३

नेप्से परिसूचक ८ अंकले घट्यो, कारोबार रकम ३ अर्ब ९० करोड रुपैयाँमा सीमित

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ २८ २०८३
नेप्से परिसूचक ८ अंकले घट्यो, कारोबार रकम ३ अर्ब ९० करोड रुपैयाँमा सीमित

काठमाडौं-  साताको चौथो कारोबार दिन आज बिहीबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ८.१४ अंकले घटेर २७२८.०३ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से २.५७ अंकले बढेर बन्द भएको थियो।

काठमाडौं-  साताको चौथो कारोबार दिन आज बिहीबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ८.१४ अंकले घटेर २७२८.०३ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से २.५७ अंकले बढेर बन्द भएको थियो।

आजको कारोबारमा ३ सय ५० कम्पनीको ९२ लाख ३१ हजार २ सय १६ कित्ता सेयर ५८ हजार ३ सय ९१ पटक किनबेच भएको छ। ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार ८ सय ९४ रुपैयाँको कारोबार भएको छ।

आज सोपान फर्मास्युटिकल्स लिमिटेड र अपोलो हाइड्रोपावर लिमिटेडको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै सिटी होटलको २० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आजको कारोबारमा ११ उपसमूहको परिसूचक घटेको छ। २ उपसमूहको परिसूचक बढेको छ।

यस दिन होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.४५ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रकाशित : बिहीबार , जेठ २८ २०८३१५:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend