शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

पोखरा प्रवेशद्वारको हालत : हिउँदमा धुलाम्य, वर्षामा हिलाम्य

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १६ २०७८
images
images
पोखरा प्रवेशद्वारको हालत : हिउँदमा धुलाम्य, वर्षामा हिलाम्य

 चार वर्ष लगाएर विमानस्थल बन्दै गर्दा त्यहाँ गरिएको राज्यको ठूलो लगानीलाई प्रतिफलयुक्त बनाउनका लागि पनि जोडिएका सडक पूर्वाधारलाई व्यवस्थित गर्नु जरुरी रहेको उनको भनाइ छ ।

images
images

पोखरा- पर्यटकीय नगरी पोखराको मुख्य प्रवेशद्वार पृथ्वी राजमार्गको दुलेगौंडा कोत्रेसम्मको सडकखण्ड लामो समयदेखि बिग्रँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । लामो समयदेखि यस खण्डमा सडक बिग्रेभत्केका पनि त्यसतर्फ सम्बन्धित निकायको चासो पुग्न नसकेको यस क्षेत्रका बासिन्दाको गुनासो छ । 

images
images

पर्यटकीय नगरी पोखरा प्रवेश गर्ने सडक नै अस्तव्यस्त बनिरहँदा यसले समग्र पोखराको पर्यटनमा नकारात्मक असर पार्ने सरोकारवाला बताउँछन् । पोखरा छिर्ने मुख्य सडकखण्ड बिग्रँदा त्यसले यहाँ आउने जो कोहीमा नराम्रो छाप पार्ने गरेको नेपाल पर्यटन बोर्डका पूर्वसदस्य एवम् वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई बताउँछन्। 

images
images

'पृथ्वीराजमार्गको यस सडक खण्ड हुँदै लामो समय पोखरा आवतजावत गर्ने पर्यटकले वर्षौँसम्म पनि यस सडक खण्डको स्तरोन्नति हुन नसकेकामा प्रश्न गर्ने गरेका छन्' उनले भने , 'पोखराकै प्रवेशद्वार कोत्रे सडकखण्डले सरोकारवाला जो कोहीलाई गिज्याइरहेको छ।'

images
images
images

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य लगभग सकिएको अवस्थामा पनि पोखरासँग जोडिएका सडक राम्रो बन्न नसक्नुले समग्र पर्यटनमा दिने सङ्केत राम्रो नहुने जनाउँदै उनले यसतर्फ चाँडै नै सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने बताए।  चार वर्ष लगाएर विमानस्थल बन्दै गर्दा त्यहाँ गरिएको राज्यको ठूलो लगानीलाई प्रतिफलयुक्त बनाउनका लागि पनि जोडिएका सडक पूर्वाधारलाई व्यवस्थित गर्नु जरुरी रहेको उनको भनाइ छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा जोडिएका सडक अस्तव्यस्त नै रहने हो भने तनहुँ, गोरखा, लम्जुङ लगायत स्थानका सर्वसाधारणले आगामी दिनमा पोखरा विमानस्थलभन्दा पनि अन्यलाई नै रोज्ने अवस्था आउनेतर्फ पनि बेलैमा सोच्न जरुरी रहेको अर्का पर्यटन व्यवसायी एवम् पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष चिरञ्जीवी पोखरेलले बताउँछन्। पोखराको प्रवेश गर्ने मार्ग नै वर्षामा हिलाम्य र हिउँदमा धुलाम्यको अवस्थामा रहनु चिन्ताको विषय भएको जनाउँदै उनले यसतर्फ सम्बद्ध सरोकारवाला निकायको ध्यान पुग्नु जरुरी रहेको बताए। 

लामो समयसम्म अस्तव्यस्त बनिरहेको सडकलाई चाँडो व्यवस्थित गर्न गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्बन्धित निकायका पदाधिकारीलाई बोलाएर निर्देशन दिइसकेको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमालले बताए।  

'गण्डकी प्रदेशको राजधानी प्रवेश गर्ने मुख्य नाकाका रुपमा रहेको यो सडकखण्ड अस्तव्यस्त बन्नु गम्भीर चिन्ताको विषय हो' उनले भने, 'यस सम्बन्धमा मुख्यमन्त्री स्वयंले चासो दिएर यथाशक्य चाँडो यसलाई व्यवस्थित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइसक्नुभएको छ।' 

मुग्लिन-पोखरा सडक योजना पश्चिम खण्डका योजना प्रमुख अमित श्रेष्ठले यस सडक खण्डको स्तरोन्नति प्रक्रिया अघि बढेको जानकारी दिँदै दुलेगौडा–कोत्रे खण्डलाई तत्कालीन रुपमा व्यवस्थित गराउनका लागि सम्बद्ध निर्माण कम्पनीलाई निर्देशन दिइसकिएको बताए।  दुलेगौडा–कोत्रे सडक खण्ड पृथ्वीराजमार्गमा पर्नाका साथै पोखराबाट दमौली र दमौलीबाट पोखरासम्म ठूलो सङ्ख्यामा कर्मचारी तथा सर्वसाधारणसमेत दैनिक आवतजावत गर्ने भएकाले अत्यन्त व्यस्त रहन्छ । रासस


प्रकाशित : बुधबार, चैत १६ २०७८०८:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend