बिहीबार , जेठ २८ गते २०८३    
बिहीबार , जेठ २८ २०८३

घोराही सिमेन्टको संस्थापक सेयरको लक-इन अवधि सकिँदै

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ २८ २०८३
घोराही सिमेन्टको संस्थापक सेयरको लक-इन अवधि सकिँदै

काठमाडौं- घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको संस्थापक सेयरधनी, उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा कर्मचारीहरूका लागि छट्याइएको सेयरको लक-इन अवधि आगामी असार मसान्तपछि सकिँने भएको छ।

काठमाडौं- घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको संस्थापक सेयरधनी,उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा कर्मचारीहरूका लागि छट्याइएको सेयरको लक-इन अवधि आगामी असार मसान्तपछि सकिँने भएको छ। 

कम्पनीले सूचना जारी गर्दै असार ३१ गते पश्चात् उक्त सेयरहरूको लक-इन अवधि समाप्त हुन लागेको जानकारी दिएको हो।  

कम्पनीका अनुसार सर्वसाधारणका लागि निष्कासन गरिएको साधारण सेयर २०८० साल असार ३१ गते बाँडफाँड भएको थियो। 

धितोपत्र बोर्डको नियमानुसार बाँडफाँट भएको मितिले ३ वर्षको लक-इन अवधि कायम रहने व्यवस्था भए बमोजिम आगामी असार ३१ गते  अवधि पूरा हुन लागेको हो। 

नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार लक-इन अवधि समाप्त हुनुभन्दा ३० दिन अगावै सार्वजनिक सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था रहेकाले कम्पनीले जेठ २८ गते राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरी सरोकारवालाहरूलाई अग्रिम जानकारी गराएको छ। 

हालसम्म प्रदान गरिएको बोनस सेयर समेत गरी कुल ४ करोड १९ लाख ५ हजार ६ सय ३४ कित्ता संस्थापक सेयरधनीहरूको सेयर, २४ हजार ७ सय ५ कित्ता उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरूको सेयर र ९७ हजार ७ सय ७२ कित्ता कम्पनीका कर्मचारीहरूको सेयर लक-इनमा रहेको छ।  कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने नियमानुसार सेयर रोक्का नै रहने कम्पनीले स्पष्ट पारेको छ। 


प्रकाशित : बिहीबार , जेठ २८ २०८३१२:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend