काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
आज सुन तोलाको १० हजार १ सय रुपैयाँ र चाँदी १ सय ८५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँ कारोबार भएको छ। अघिल्लो कारोबार दिन सुनको मूल्य तोलाको ३ लाख १ हजार ९ सय रुपैयाँ रहेको थियो।
त्यस्तै आज चाँदीको मूल्य तोलामा १ सय ८५ रुपैयाँले घटेर ४ हजार ७ सय ४० रुपैयाँ पुगेको छ।अघिल्लो दिन चाँदी तोलाको ४ हजार ९ सय २५ रुपैयाँ रहेको थियो।
नेपाली बजारमा २०८२ माघ १५ गते हालसम्मकै उच्च मूल्यमा सुनचाँदीको कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ थियो।
