काठमाडौं- आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरधनी तथा कर्मचारीहरूको स्वामित्वमा रहेको सेयरको लक-इन अवधि असार ३० गते सकिँदै छ।
कम्पनीका अनुसार नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कुल ४ करोड कित्ता सेयरमध्ये लक-इन अवधिमा रहेको कुल २ करोड ८६ लाख कित्ता सेयरको लक-इन अवधि समाप्त हुन लागेको हो।
यस अन्तर्गत संस्थापक सेयरधनीहरूको २ करोड ८० लाख कित्ता र कम्पनीका कर्मचारीहरूको ६ लाख कित्ता सेयर रहेको छ। यो अवधि असार ३० गते पछि सकिने कम्पनीले जनाएको छ।
लक-इन अवधि समाप्त भए तापनि कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने सेयर रोक्का नै रहने छ।
